
नेप्सेमा ७७ अंकको गिरावट, २३२ अर्ब कारोबार
२७ असार, काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा यो साताको पहिलो कारोबार दिन सोमबार ७७.०१ अंकको गिरावट आएको छ । आगामी मौद्रिक नीति संघारमा रहेका बेला नेप्से भने ओरालो यात्रामा छ । सोमबार कारोबारको प्रारम्भबाटै ओरालो लागेको बजारमा कुल २२७ कम्पनीको कारोबार भयो ।

यस दिन ४५ हजार १९६ पटक कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम सोमबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको भएको छ । सबै उपसमूहको सेयर मूल्य घट्दा सबैभन्दा धेरै जलविद्युत, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



