
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो।

महासंघका अनुसार आज चाँदी भने प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



