सुनको भाउ तोलामा १६०० रुपैयाँले घट्यो

२२ असार, काठमाडौं । बुधबार सुन-चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।यस्तै चाँदीको मूल्य तोलामा १ हजार १७५ रुैपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन ९७ हजार ६ सय, तेजावी ९७ हजार एक सय र चाँदीको मूल्य १ हजार २०५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button