
आज सुन-चाँदीको मूल्य स्थिर
सोमबार सुन-चाँदीको मूल्य यथावत छ।

अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। केही समयदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रत्येक दिन घट्दो छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



