अपर सोलू हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

आजदेखि अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित साढे १९ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।धितोपत्र बोर्डका अनुसार कम्पनीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलेको हो । यसमध्ये, कर्मचारीका लागि ३९ हजार १५० कित्ता सेयर छुट्याइएको छ । यस्तै, ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।खासगरी, कम्पनीले आफ्नो जारी चुक्ता पूँजी १ अर्ब ३५ करोडको २४.५ प्रतिशत सेयर जारी गर्ने छ । यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button