बर्दियामा ठुलो बाबुबाट भतिजी बलात्कृत

बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् ।  जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई  आफ्नै ७४ वर्षीया ठुलो बाबुले  खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए । पीडित युवतीलाई माइती नेपाल  गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button