
आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत साता शुक्रबार सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत साता शुक्रबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



