सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप

सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख किकम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका स्थानीयलाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गलकोट शाखा, ग्लोबल आइएमई बैंकको गलकोट शाखा, कामना सेवा विकास बैंकको गलकोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ भर्न सक्नेछन् ।त्ता सेयर बिक्री खुला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button