सेयर बजारमा नाटकीय बढोत्तरी, २१ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

१२ असार, काठमाडौं । आइतबार सेयर बजारमा नाटकीय बढोत्तरी देखिएको छ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुगेको छ ।

कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

विकास बैंक उपसमूह सबै भन्दा धेरै ८.३० प्रतिशतले बढ्यो भने फाइन्यन्स, हाइड्रोपावर र व्यापार उपसमूहमा पनि ७ प्रतिशतमाथिको बृद्धि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button