गएराती टिपरको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौं ।काठमाडौंको चन्द्रगिरी–१२ गुर्जुधारामा टिपरले मोटरसाईकललाई ठक्कर दिएको छ ।
बलम्बुका प्रहरी निरीक्षक खेमराजका अनुसार बुधबार राती १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेको मोटरसाईकललाई ठक्कर दिएको छ ।
उक्त मोटरसाईकलमा धादिङ गल्छी घर भई थापाथली बस्ने १६ बर्षिय अभय लामा र चितवन घर भई सोहि स्थान गुर्जुधारा बस्ने २५ बर्षय सुबास गमालको घट्नास्थलमै मृत्यु भएको छ । टिपर चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1