नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएकोमा चीनले बधाई दियो

काठमाडौं : नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। जजिरा एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो।

चिनियाँ राजदूतावासले सोमबारै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रुट खोलेकोमा बधाई दिएको हो।

चिनियाँ कम्पनीले ठेक्का लिएको विमानस्थलले निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान थालेको भन्दै चीनले बधाई दिएको छ। साथै विमानस्थललाई उडानयोग्य बनाउन कडा परिश्रम गर्ने सबैलाई चीनले प्रशंसा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button