कालेकाडाका बाढी पिडितलाई जिससद्वारा सहयोग हस्तान्तरण
जिल्ला समन्वय समिती अछामले कालेकाडाका बाढी पिडित परिवारलाई क्रिया खर्च उपलब्ध गराएको छ । शुक्रबार पन्चदेवल बिनायक नगरपालिकाको वडा नम्बर ९ को वडा कार्यालयमा एक कार्यक्रमका बिच राहत रकम हस्तान्तरण गरिएको हो ।
गएको साउन ३१ गतेका दिन उक्त वडा र कालिकोटको सिमानामा पर्ने खोलामा आएको बाढिले बगाउदा एकै परिवारका ४ जनाको ज्यान गएको थियो । खोलाले बगाउदा स्थानिय देबि बोहरा, उनका छोरी आकृती बोहरा,बिपना बोहरा र छोरा हेमन्त बोहराले ज्यान गुमाएका थिए ।
ज्यान गुमाउनेका परिवारलाई क्रिया खर्च स्वरुप जिल्ला समन्वय समितिका उप प्रमुख टोप बहादुर रावलले ३० हजार रुपैया हस्तान्तरण गर्नुभएको हो ।
वडा अध्यक्ष राम बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व राष्ट्रियसभा सदस्य माननीय अक्कल बहादुर बिष्ट प्रमुख अतिथी रहनु भएको थियो । बिष्टले बिपदको बेलामा जिल्ला समन्वय समितिले पिडितको घाउमा मलम लगाउने काम गरेको बताउनु भयो ।
कार्यक्रमका अतिथी पन्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले आफ्नो नगरपालिकाले पनि सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो”हामिले पनि बिपदको बैठक बोलाएर राहत दिन्छौं ” ।
कार्यक्रमा जिल्ला जिल्ला समन्वय समिती सदस्य सुरत बुढथापा, लक्ष्मी सुनार र तुलसी चलाउने, नेकपाका जिल्ला कमिटी सदस्य दिपक रोकामगर,काङ्ग्रेस नेता राम बहादुर शाही, पत्रकार रमेश रावत, कार्यपाली,सदस्य अम्बकला भुल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा नेकपाका नेता रोकामगरले ब्यक्तिगत रुपमा पिडित परिवारलाई ५ हजार ५ सय ५ रुपैया सहयोग गर्नुभएको छ । दुखको घडिमा आफ्नो तर्फबाट सानो सहयोग गरेको बताउदै उहाँले बिछिप्त परिवारलाई शोक बाट शक्तिमा आउन आग्रह गर्नुभयो ।