रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ खानेकुरा

विश्वभर फैलिएको कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ । 

यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ । 

पुदीना 
यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । 

च्याउ 
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ । 

नरिवलको तेल
खाना बनाउनका लागि प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ । नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ । 

ब्रोकाउली 
ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा भिटामिन, एन्टि ​अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ । 

पालक
पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ । पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ । 

उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ? खानुस् यी खानेकुरा

उच्च रक्तचापको कारण ज्यान गुमाउनेहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । उच्च रक्तचापका कारण अन्य रोगहरु समेत लाग्ने सम्भावना रहने भएकाले यसलाई समयमा नै नियन्त्रण गर्न आवश्यक छ ।

यसका लागि प्राकृतिक औषधिको व्यवस्था गर्न आवश्यक पर्छ ।

केरा 
सामान्यतयाः बजारमा सहजै पाइने फलफूलमध्ये केरा पनि एक हो । केरामा पोटाशियम भारी मात्रामा पाइन्छ । एक मध्यम आकारको केरामा ४२२ मिलिग्राम पोटाशियम पाइन्छ ।

अमेरिकी हार्ट एसोसिएशनका अनुसार पोटाशियमले सोडियमको प्रभाव कम गर्ने र रक्त नलीहरुको भित्तामा तनाव कम गर्छ । 

तरबुजा 
गर्मी मौसममा सजिल्यै बजारमा उपलब्ध हुने तरबुजामा सिट्रललाइन नामक एमिनो एसिड हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।  सिट्रललाइनले शरीरमा  नाइट्रिक अक्साइड उत्पादन गर्न मद्दत गर्छ ।

नाइट्रिक अक्साइड एक प्रकारको ग्यास हो यसले रक्त नलीमा रगत प्रवाहमा आराम दिलाउँछ । जसको कारण रक्तचाप नियन्त्रणमा आउँछ । 

लसुन 
हाइपरटेन्सन कम गर्नका लागि लसुन अत्यावश्यक हुन्छ । लसुन प्राकृतिक एन्टीबायोटिक र एन्टी फंगल खाना हो । लसुनमा हुने एलिसिनले स्वास्थ्यसँग जोडिएका थुप्रै फाइदा पुर्याउँछ ।

लसुनले शरीरमा नाइट्रिक अक्साइड उत्पादन क्षमता बढाउँछ । यसले रक्त नलीहरुलाई रगत प्रवाहमा मद्दत गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button