
स्वास्थ्यकर्मी कु ट पि टको वि रो धमा भेरी अस्पतालमा बिहानैदेखि प्रदर्शन
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि हा त पा त गर्ने ब्यक्ति नेकपा एमाले नेता भएको खुलेको छ । घटनामा संलग्न भनिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्य मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य रहेको खुलेको हो । राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।

डाक्टर र नर्सलगायतले आज बिहानैदेखि घटनामा संलग्नलाई क डा का र वा ही माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले सुरक्षा नहुने हो भने काम गर्न नसकिने बताएका छन्। ‘हामी न्याय चाहन्छौं, दोषीलाई कारवाही गर्,’ उनीहरूले भनेका छन्।
एमाले नेता रावत मुख्यमन्त्री शंकर पोखरेलका नजिकका हुन् भन्दै उनीहरुले नेता पोखरेल र प्रशासन घटनाबारे छानविन गर्न ग म्भी र हुनुपर्ने माग राखेका छन् ।
दागंवाट उपचारका लागि लगिएका ग म्भी र अवस्थामा पुगेका संक्रमित डिल्ली बहादुर रावतको अवस्था थप जटिल बन्दै गएको थियो ।
जेठ चार गते भेरी अस्पतालको पहिलो तलामा रहेको हल ए को १३ नम्वर आइसीयू वेडमा उपचाररत दाङका रावतको अवस्था आज थप खस्कदै गएपछि डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भेन्टिलेटरमा राख्नु पर्ने सुझाए ।
अक्सिजन लेभल खस्कदै गएपछि थप उपचारका लागि भेन्टिलेटरको विकल्प नभएको स्वास्थ्यकर्मीहरुले स्पष्टसँग विरामीका आफन्तहरुलाई भनेका थिए । उनीहरु भेन्टिलेटरमा राख्न राजी भए । त्यही अनुसार डा दिपक गुप्ता, डा चन्द्रप्रकाश शाहु, डा समा अनसारी, स्टाफनर्सहरु आश्वीन गुरुंग, सदिक्षा गैरे, बन्दना श्रेष्ठ उपचारमा खटिए।
तर रावतको उपचारकै क्रममा आज ८ बजेतिर मृत्यु भयो । अस्पताल भर्ना हुँदै रावतको अवस्था ग म्भी र थियो । विरामीसँगै रहेका एकजना कुरुवाले मोवाइलमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भयो कु ट् न आउ भन्दै बाहिरिए ।
एकैछिनमा तीन चार जनाको हुल प्रवेश गर्यो । स्टाफनर्स सदिक्षा गैर माथि जाइ लागे । उनीहरुले नर्सको घाँ टी थि च्न लागे । डा चन्द्र प्रकाशलाई पनि हात पात गर्न थाले ।
स्वास्थ्यकर्मीहरु फुत्किएर शौचालय तिर भा गे । उनीहरु पछ्याउँदै त्यही पुगे । ढोका हा न्न् थाले । त्यही झयालको सिसा फोडेर डा शाहु, सदिक्षा, बन्दना र आश्वीनले हा मफा लेर ज्या न जो गा ए । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र एकजना भाइ रहेको खुलेको छ ।
युएईको गोल्डेन भिजा पाउने बलिउडकै पहिलो व्यक्ति बने सञ्जय दत्त
बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले गोल्डेन भिजा पाएका छन् । भारतिय मिडियाका अनुसार उनले बलिउड फिल्म उद्योगबाट युएईको गोल्डेन भिजा प्राप्त गरेका हुन् ।
यो भिजा युएईले बिशिष्ट ब्यक्तिलाई मात्र दिने गरेको छ । सन् २०२० देखी दिन सुरु गरिएको यो भिषा कुनै क्षेत्रमा निक्कै दख्खल हासिल गरेका विशेष गरेर बैज्ञानिक, पीएचडी होल्डर, डाक्टर लगायतलाई दिने गरिन्छ ।
गोल्डेन भिजा सञ्जयले पाएका हुन् । आफुले युएईको गोल्डेन भिजा पाएको सञ्जय आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आफुलाई गोल्डेन भिजा दिएकोमा युएईको सरकारलाई धन्यबाद दिएका छन् ।
उनले एईका युवराजको जुम्ल्याहा सन्तान भएकोमा सबैभन्दा पहिलो बधाई दिएका थिए ।सञ्जय बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने पहिलो अभिनेता बनेका छन् ।
बलिउड अभिनेता सञ्जय दत्त २९ जुलाई १९५९मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् ।सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए ।
१९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले २२ वर्षको उमेरमा रक्की फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका हुन् । ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्म दिएका छन् ।




