मुलुकभर थप १३८६ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ, भने ८ हजार ७०४ जना डिस्चार्ज (निको) भएका छन् । यसैबीच पछिल्ले समय ७९ हजार ९५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाल नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका स्वास्थय मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button