
कुन रोगको औषधि कति बेला खाँदा प्रभावकारी हुन्छ ?
एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । त्यसो भए औषधि सेवन गर्ने सही समय कुन हो त ? रोग र औषधि अनुसार त्यसको तालिका फरक हुनसक्छ ।

उच्च रक्तचाप

जब हामी सुत्छौ, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर, सामान्यत उच्च रक्तचाप ५५ बर्षभन्दा बढी उमेर भएकाहरुमा घट्दैन ।
त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ । हालै स्पेनमा भएको एक अध्ययनबाट के थाहा भएको छ भने, जसले राती सुत्नुअघि उच्च रक्तचापको औषधि सेवन गर्छ, उनीहरुलाई हृदयघाट वा स्ट्रोक हुने खतरा ३३ प्रतिशत कम हुन्छ ।
शोधकर्ताका अनुसार रातको समयमा उच्च रक्तचाप कम गर्नाले हाम्रो आर्टरिजलाई आरम मिल्छ । त्यसैले प्रभावकारी त्यसबेला हुन्छ, जब उच्च रक्तचापको औषधि राती सुत्नुअघि सेवन गरिन्छ ।
हाइ क्लेस्टोर
कलेजोमा कोलेस्टोरको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राती सुत्नुअघि कोलेस्टोरको औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।
मुटु पोल्ने
रातको १० बजेदेखि २ बजेसम्म हाम्रो पेटमा सबैभन्दा बढी एसिड उत्पादन हुन्छ । यदि एसिड कम गर्ने एचटु औषधि सेवन गरिरहेका छौ भने, खाना भन्दा ३० मिनेट अघि ग्रहण गर्नुपर्छ । यसले गर्दा राती बन्ने एसिड नियन्त्रणमा सहयोग पुग्छ ।
आस्टियो आर्थराइटिस
यस किसिमको रोगीलाई अलग अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च सोधकर्ताले गरेको अध्ययन अनुसार, आस्टियो आर्थराइटिसमा लिइने औषधी दुख्नुभन्दा छ घण्टाअघि लिनुपर्छ ।
त्यसैले यदि मध्यन्हको समय धेरै दुख्छ भने बिहान औषधी सेवन गरौ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यन्हमा औषधी सेवन गर्नुपर्छ ।
एलर्जी
एलर्जीको लागि लिइने एन्टि हिस्टामाइन्स ट्याबलेट्स लिएपछि निन्द्रा लाग्छ । यस्तो अवस्थामा दिउँसुो औषधी सेवन गर्दा काम गर्न झर्को लाग्न सक्छ । त्यसैले एलर्जीको औषधि राती नै सेवन गर्नुपर्छ ।
डिप्रेसन
डिप्रेसन एवं चिन्ता हटाउने औषधि एन्टि डिप्रेसेन्ट सेवन गरेपनि निन्द्रान लाग्छ । यसकारण यो औषधि पनि राती सुत्नुअघि सेवन गर्नु राम्रो हो ।
कसरी खराब हुन्छ कलेजो ?
कलेजोले हाम्रो शरीरमा ५ सयभन्दा बढी काम गर्छ । यो शरीरको सबैभन्दा ठूलो भित्री अंग पनि हो, जसको लम्बाई लगभग ६ इन्च हुन्छ ।
तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ । यो हाम्रो पेटको माथि दाहिनेतर्फ हुन्छ ।
कलेजको काम अनगिन्ती छन् । यद्यपी यसको मूख्य काम भनेको पाचन नलिकाबाट आउने रगतलाई शुद्ध गरेर पुरै शरीरमा संचार गराउने हो ।
रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले नै गर्छ । हामी जुन औषधी सेवन गर्छौ, त्यसलाई पनि टुक्राएर शरीरमा संचार गराउने काम गर्छ ।
शारीरिक स्वास्थ्यका लागि यति महत्वपूर्ण कलेजो खराब त्यसबेला हुन्छ, जब हाम्रो खानपान र जीवनशैली प्रतिकुल बन्छ ।
हाम्रो खराब जीवनशैलीको सोझो असर कलेजोमा पर्छ । औसत ४० बर्षको उमेरसम्म कलेजोको प्रणालीमा २० प्रतिशतसम्म गिरावट आइसकेको हुन्छ । तर, शरीरमा धेरै मात्रामा विकार भयो भने कलेजो खराब हुन्छ ।
कलेजोको सबैभन्दा बढि बिमारीहरुको कारण रक्सी तथा सुर्तिजन्य पदार्थ र अस्वस्थ आहार हो ।
कलेजोमा धेरै रोग हुन सक्छन्, जसमा लीभर फेलर, लिभर क्यान्सर, लिभर एबसेस, फ्याटी लिभर र लिभर सिरोसिस प्रमुख छन् ।
कलेजो खराब हुने कारण
१. धेरै गुलियो खानेकुरा कलेजोको लागि अनुकुल हुँदैन । कलेजोले गुलियो पदार्थ एवं चिनीलाई बोसोमा बदल्ने काम गर्छ । जब हामी धेरै चिनीजन्य खानेकुरा सेवन गर्छौ, कलेजोलाई दवाव पर्छ । र, अतिरिक्त वोसो कलेजोमा जम्मा हुन्छ । यसले कलेजोलाई खराब गर्छ ।
२. लामो समयसम्म वा धेरै मात्रामा पेनकिलर तथा पारासिटामोल सेवन गर्दा पनि कलेजो खराब हुनसक्छ ।
३. मदिराजन्य पदार्थ त कलेजोको सत्रु नै हो । जब हामी मदिरा पिउँछौ, शरीरमा विषाक्त पदार्थ बढी जम्मा हुन्छ । यसले कलेजोलाई नराम्ररी क्षति पु¥याउँछ ।
४. चिकित्सकको परामर्श बिना सप्लिमेन्ट खासगरी भिटामिन ए लिनु कलेजोलाई हानी पु¥याउनु हो ।
५. कम समयमा सुत्नु वा कम निन्द्रा लिनु पनि कलेजोको लागि राम्रो होइन । कम सुत्दा कलेजोले बोसोको प्रक्रिया पूर्ण रुपले गर्न पाउँदैन, परिणामत उक्त बोसो कलेजोमा जम्मा हुन्छ ।
६. कोक, फ्यान्टा जस्ता पेयमा कृतिम चिनी र रंग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोजो जम्छ । रंगको रसायनले कलेजोलाई नोक्सान पु¥याउँछ ।
७. बर्गर, स्यान्डविच जस्ता जंकफुडको सेवनले पनि कलेजोको कार्यक्षमतामा ह«ास ल्याउँछ ।
८. चुरोट सेवन एवं धुमपानले कलेजोलाई सोझै क्षति गर्छ । चुरोटमा केहि टक्सिक केमिकल हुन्छ, जो कलेजोमा पुगेर तयसको सेल्सलाई नष्ट गर्छ ।
यी खानेकुरा, जसले कलेजो शुद्धिकरण गर्छ
विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।
लसुन
लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।
दालचिनी
यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।
चुकन्दर
यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।
कागति
कागतिमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।
आलुबखडा
आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट फ्रि रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।
ओखर
ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।
अदुवा
अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।
बेसार
बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।
स्याउ
स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।
बन्दागोभी
बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।



