दुबईमा धमाधम शुटिङ हुँदै चलचित्र ‘सम्हालिन्छ कहिले मन’
काठमाडौं । कोरोना भाईरसका कारण ठप्प रहेको फिल्म क्षेत्र अब भने बिस्तारै चलायमान हुन थालेको छ । चलचित्र गतिविधि अवार्ड कार्यक्रम, नयाँ फिल्मको घोषणा एवमँ छायाँकन धमाधम हुन थालेका छन् ।
यतिबेला नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’को बाँकी ५% काम दुुबईको रमणीय स्थानमा छायाँकन भईरहेको छ । कोरोना भाईरसका कारण छायाँकन अधुरो रहेको सो चलचित्रको अब भने पूर्ण छायाँकन हुने भएको छ ।
यस चलचित्रको ९५% छायाँकन लकडाउन अघि नै यूकेमा गरिएको थियो ।
सो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनाम तोप्देनको मुख्य भूमिका रहेको छ ।
साथै गौरी मल्ल, धिरेन शाक्य, सरोज खनाल, मरिष्का पोख्रल आदि कलाकारहरुको अभिनय रहेको छ ।
ए.वी ईन्टरनेशनल प्रा.ली को निर्माणमा बनेको यस चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् भने निर्माता अमित बस्नेत र सह–निर्माता अजित कुमार थापा हुन् ।
साथै यस चलचित्रको निर्माण नियन्त्रक बिक्रम प्रसाद पण्डित हुन् ।
करिब एक हप्ता पछि निर्माण टोलि नेपाल फर्किने कार्यक्रम रहेको छ ।
निर्माण टिमले दिएको जानकारि अनुसार अब चाँडै नै यस चलचित्र प्रदर्शन हुनेछ ।