मनकारी चलचित्र निर्देशक ‘एभरेष्ट’ सूर्य बोहरा
विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सकृय रहँदै आएका निर्देशक ‘एभरेष्ट’ सूर्य बोहराले दर्जनौं नेपाली चलचित्र निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेका चलचित्रहरु मध्य अग्नी परीक्षा, कान्छा, ठूली, मुटु , भैरे आदी चलचित्र सुपरहिट साबित भएका छन् ।
पछिल्लो समय उनको निर्देशनमा बनेका चलचित्र ‘हेल्लो जिन्दगी र श्री प्रदर्शनको तयारीमा रहेका छन् । उनी हाल अमेरीकामा बसोबास गर्दै आएका छन् ।
चलचित्र क्षेत्र सँगसँगै पछिल्लो समय उनी समाजसेवामा पनि सकृय रहँदै आएका छन् । उनले २०७२ सालको महाविनाशकारी भुूूकम्पको समयमा पनि आफ्नो ज्यानको बाजी राख्दै भूकम्प पिडितहरुको लागी राहत वितरणमा जुटेका थिए ।
त्यसपश्चात् उनी कोरोना माहामारीको समयमा घरबार विहिन बिशेष गरेर सुकुम्बासी बस्तिमा ५१ दिनसम्म गाँस, बास टुटेकाहरुको लागी साहारा बन्दै खाना तथा राहात वितरणमा जुटेका थिए ।
हालसालै उनले नेपाली चलचित्र क्षेत्रमा ‘जँगे भट्टराई’ भनेर परिचित उद्धवराज भट्टराईलाई सहयोग गरेका छन् । भट्टराई दम, मुटुरोग, फोक्सो तथा मृगौला रोगबाट ग्रसित भएका कारण विर अस्पतालमा उपचाररत छन् ।
सो समयमा निर्देशक ‘एभरेष्ट सूुर्य बोहराले नेपाली रु. २५,००० रकम सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । भटृराइको आर्थिक स्थिति कमजोर भएका कारण निर्देशक बोहराले अन्य व्यक्तिहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।
साथै उनले पत्रकार रमेश ग्रहणलाई आर्थिक सहयोग समेत गरेका छन् । कामना पत्रिकामा पत्रकारिता गर्दै आएका रमेश ग्रहणको स्वास्थ अबस्था नाजुक भएका कारण उपचार गर्न आर्थिक अबस्था कम्जोर भएको हुँदा निर्देशक बोहराले उनलाई आर्थिक सहयोग गरेका थिए ।
स्मरण रहोस् निर्देशक बोहराले गायक कुमार कान्छा देखि कलाकार दिपक क्षेत्री साथै स्वोर्गिय केशव भट्टराईको परिवारलाई समेत सहयोग जुटाएका थिए ।
हरेक चलचित्र निर्देशक हरेक सिनेकर्मी र समग्रमा हरेक मान्छेहरुको मन निर्देशक एभरेस्ट सूर्य बोहराको जस्तै फराकिलो र बिशाल होस् ; मनकारी निर्देशक बोहराका आगामी चलचित्रहरु अत्याधिक सफल रहुन ‘ मेरो दैनिकी ‘ को शुभकामना।