मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्ष बारे नेतृत्व गर्नुपर्छ

मनिषा कोइरालाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा राखी तत्काल राजनीतिक पार्टी दर्ता गर्न आवश्यक देखिएको छ ।

मनिषा कोइरालाको विगतको पारिवारिक पृष्ठभुमि पनि राजसंस्था र हिन्दु राष्ट्र नै रहेको थियो । मुलुकमा मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्षको विषयमा नेतृत्व गर्ने समय आएको छ ।

यसकारण मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी छिटोभन्दा छिटो राजनीतिक पार्टी दर्ता गर्न आवश्यक देखिएको छ, राजनीतिक पार्टी खोल्नु सामान्य कुरा होईन । राजनीतिक पार्टी खोल्न पृष्ठभुमि, अन्तर्राष्ट्रिय सम्बन्ध, पहुँच र वातावरण बनेको हुनुपर्ने हुन्छ ।

मनिषा कोइरालाको देश बिदेश अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र पहुँचहरु पनि छ । मनिषा कोइराला कलाकार भएकोले अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि राम्रो छ । हाम्रो मुलुकमा राजनीतिक पार्टीको केन्द्रिय महिला अध्यक्ष कोही पनि छैनन ।

मनिषा कोइरालाले राजनीतिक फिल्महरु पनि थुप्रै खेलिसक्नु भएको छ । मनिषा कोइरालालाई राजनीतिकको विषयमा अनुभव र ज्ञानहरु पनि धेरै छ । मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न कुनै पनि समस्या र कठिनाइहरु पर्दैन जस्तो मलाई लाग्छ ।

राजनीतिक गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पहुँचहरुको पनि आवश्यक पर्दछ । मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न सहज हुनेछ भन्ने कुरामा म शत प्रतिशत विश्वस्त छु ।

मनिषा कोइराला सक्षम र क्षमतावान हुनु हुन्छ । अब मुलुकमा मनिषा कोइरालाले तत्काल राजसंस्था र धर्म सापेक्षको विषयमा नेतृत्व गर्नुपर्ने समय आएको छ ।

मुलुकमा हालको वर्तमान समयमा राजसंस्था र हिन्दु राज्यको एजेन्डा बोकेका पार्टीहरुका अध्यक्ष, महासचिव, सचिव, सहसचिव, सदस्यहरु र नेताहरू कोही पनि भरपर्दो र विश्वसनीयता भएका छैनन र अन्तर्राष्ट्रिय नेताहरूले विश्वास गर्ने लायकको सम्बन्ध, पहुँच कसैको पनि छैन र अन्तर्राष्ट्रिय स्तरमा राजसंस्था र हिन्दु राज्यको माहोल र वातावरण कसैले पनि बनाउन सकेनन ।

सामाजिक संजालहरु र मिडियाहरुमा पनि मनिषा कोइरालाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाई रहनु भएको छ। अब मनिषा कोइरालाले आफ्नो नेतृत्वमा राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी तत्काल राजनीतिक पार्टी खोल्न आवश्यक छ साथै अन्य राजावादी पार्टीहरुलाई समेत मनिषा कोइरालाले एकताबद्ध गराउन सकेमा पुनः मुलुकमा राजसंस्था फर्कन समय लाग्ने छैन म विश्वस्त छु।

स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button