
को हुन् यि अभिनेत्री जो सलमान भनेपछि म रीह त्य गर्छिन सलमान संगै बिवाह गर्न चाहन्छिन ?
एजेन्सी- फिल्म वीरबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् जरिन खान । उनले पहिलो फिल्मबाट नै धेरै फ्यान कमाउन सफल भएकी छिन् । उनले बलिउड अनिेता सलमान खान संग आफ्नो नाम जोडेर चर्चा परिचर्चा बटुलेकी छिन् ।

उनले खानको फिल्म वीरम नै अभिनय गरेकी छिन् । र सलमान खान संग हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिएकी छिन् । उनले सलमान संग सगै बस्न चाहेको बताएकी छिन् ।

जरिले दिएको एक अन्तरवार्तामा आफु खानको पत्नि चाहेको बताउदै आएकी छिन् । यसै बिषयलाई उनले अफवाह फैलाउन चाहन्थिन् । हरेक भिडियामा जरिन खानले सलमान खान संग आफ्नो नाम जोडेर खान संग विवाह गर्ने चाहेको बताएकी छिन् ।
त्यस्तै, सलमान खान र पूजा हेगडे स्टारर कमेडी ड्रामा फिल्म ‘कभी इद कभी दिवाली’ को शीर्षकलाई ‘भाइजान’ मा परिवर्तन गरिएको छ। साजिद नाडियाडवालाले निर्माण गरेका यस फिल्मलाई २०२२ मा दिवालीमा रिलिज गर्ने निर्णय गरेका छन्।
फरहाद सामजी निर्देशित फिल्ममा सलमान–पूजा बाहेक आयुष शर्मा, असिम रियाज र जहीर इकबाल पनि मुख्य भूमिकामा छन्। स्रोतका अनुसार, सलमान र साजिद नाडियाडवालाले भर्खरै ‘भाइजान’ को सुटिङ कार्यक्रम र रिलिज मितिबारे छलफल गरेका थिए।
यस बैठकको दौरान दुवैले २०२२ को दिवाली सप्ताहअन्तमा ‘भाइजान’ रिलीज गर्ने सर्वसम्मतिले निर्णय गरेका छन्। ‘टाइगर’ को सुटिङ सकिएपछि सलमानले नोभेम्बरको पहिलो हप्तामा ‘भाइजान’ को लागि सुटिङ सुरु गर्नेछन्।
ऋचा शर्माले छाडिन् कमेडी च्याम्पियन, यस्तो छ कारण
अभिनेत्री ऋचा शर्मा कमेडी च्याम्पियन २ बाट बाहिरिने भएकी छिन् । आमा बन्ने दिन नजिकिँदै गरेकोले उनी च्याम्पियनबाट आउट भएकी हुन् ।लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक रहेका थिए ।
सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा थिए । ‘
कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो छाड्ने भएकी हुन् ।
बिहिबारको श्रृङ्खलामा उनी आफैले डाक्टरको सल्लाह बमोजिम रेस्टमा बसेको बताएकी हुन् । सिजन ३ मा आफू आउने कुरामा बिश्वस्त रहेको पनि उनले बताइन् ।
शोका निर्देशक विशाल भण्डारीका अनुसार, आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् ।
त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा नरहने विशालले बताए ।
ऋचा आफैले पनि शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् ।
ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् । यसपछि, अतिथी निर्णायकलाई कार्यक्रममा सहभागी गराइने विशालले बताए । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् ।
यसैले पनि उनले टप ५ मा शो पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय गरेकी हुन् ।



