सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यता, आइतबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार २३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार २२० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button