
सुनको मूल्य बढ्यो, तोलामा कति?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ।

बुधबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1



