
सुनको भाउ ७०० रुपैयाँले घट्यो,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।

हिजो यो गुणस्तरको सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1