सङ्क्रमणको रेड जोनमा यी २१ जिल्ला

देशभरका २१ जिल्ला भाइरस सङ्क्रमणको उच्च

काठमाडौँ । देशभरका २१ जिल्ला भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र (रेड जोन ) भित्र रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै भएका क्षेत्रलाई उच्च जोखिमको सङ्केत स्वरूप रेड जोनमा राखिएको जानकारी दिनुभयो ।

बढी जनघनत्व भएको क्षेत्र र तराईका जिल्लाहरू सङ्क्रमणको जोखिमभित्र रहेको सह प्रवक्ता डा.अधिकारीले बताउनुभयो ।

हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका क्षेत्रलाई रेड जोन, २ सय बढी संक्रमित रहेका क्षेत्रलाई यल्लो र २ सय कम संक्रमित भएका क्षेत्रलाई सङ्क्रमण हिसाबले ग्रिन जोनका रुपमा छुट्ट्याइएको छ ।

हाल काठमाडौँ उपत्यका सहित वाग्मती प्रदेशका ९ जिल्ला, गण्डकी प्रदेशका ६ जिल्ला , प्रदेश १ का ३ , लुम्बिनीका २ र कर्णाली प्रदेशको एक जिल्ला उच्च सङ्क्रमितको क्षेत्र (रेड जोन) मा छन् ।

देशभर २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि

नेपालमा आज २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ८ सय १० नमुनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणका कारण आज थप ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५ सय ६८ पुगेको छ ।
सङ्क्रमणबाट आज २ हजार ८६ जना निको भएका छन् ।

सङ्क्रमणका कारण थप ३५ जनाको मृत्यु, १० वर्ष मुनिका ३६ बालबालिकामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई हजार बीस जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार ९०९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख दुई हजार ८६ जना पुगेको छ ।

सङ्क्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ५६८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकाभित्र ६ सय ८९ जनामा पुष्टी भएको छ। जसमध्ये काठमाडौंमा ५ सय १८,भक्तपुरमा ५२ र ललितपुरमा १ सय १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button