
फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस् आजको मूल्य
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा झरेको छ ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र चाँदी एक हजार १९५ रुपैयाँ कारोबार भएको थियो ।

यस्तै आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आज आइतबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६० पैसा र बिक्री दर १६२ रुपैयाँ ४२ पैसा रहेको छ ।
यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०७ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिद दर ८४ रुपैयाँ ५६ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९२ पैसा र बिक्री दर ९२ रुपैयाँ २९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र बिक्री दर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ युआन आज एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६६ र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ११ पैसा र बिक्री दर ३२ रुपैयाँ २७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

