
राजनीतिमा धर्मको सम्मान हुन आवश्यक !!
राष्ट्रिय धर्म ,संस्कृतिको अपमान भएको कारण समाज अधोगतिमा गरेको छ। धर्म र संस्कृति बचाउने ठेकेदाहरूबाट नै धर्मको नाममा अफिम घोलेर समाजलाई दुषित बनाएका छन। देशमा धर्मको सम्मान र सुरक्षा भन्दापनि धर्मलाई बेचेर राजनीति गरिरहेमा छन। देशमा आयातित धर्म र संस्कृतिको बिजारोपण भएको छ। विदेशी वाद र सिद्धान्तलाई पैसाको भरमा जवरवस्ती लादेका छन। योगी प्रायः सबै भोगी भएका छन। धर्म संस्कृति राजकुलको सम्मान गर्ने नाममा लुटिरहेका छन। ब्राह्मलुट मच्चाउने काम गरेका छन।
प्रश्न यहाँ प्रवाहित हुन्छ। जसले हिन्दु राष्ट्र चाहान्छन, धर्म सापेक्षता र राजसंस्था चाहिन्छ भन्नेहरू किन एक हुन सकिरहेका छैनन ? सयौंको संख्यामा पसल खोलेर व्यापार गरिरहेका छन।सबैमा नेतृत्व र पदकै वार्गेनिङ छ। सबैमा स्वार्थ छ स्वार्थ भन्दा जब सम्म माथि उठदैनन तब सम्म हामीले चाहेको व्यवस्था संभव देखिदैन । सबैको ऐजेन्डा एउटै हो भने किन एक भएर अगाडि बढन नसकेको हो त ! सनातन धर्म सम्मेलन एउटा प्रसंग जोडन चाहे ! सनातन हिन्दु धर्म सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र सम्मेलनमा देखिएको मानवीय विभेद र यसबाट समाजमा उब्जाएको अहम प्रश्न ?
सनातन हिन्दु धर्म सम्मेलनमा देशका नागरिकलाई अछुत र अन्धविश्वासको नारा दिएर धर्मलाई लल्कारेको स्पस्ट देखिन्छ। यसमा जसले धर्म शास्त्रको ज्ञान छैन शास्त्रीय अध्यायन र अनुसन्धान छैन। जसले धर्म ,संस्कृति ,परम्परा ,संस्कार ,सभ्यता र नेपाली पहिचान बेचेर हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने कमल थापाको सो सम्मेलनमा भएको उपस्थिति र उपस्थित गुरूजन, योगीहरूको सम्वाद निष्कर्ष विहीन सम्वाद र सम्मेलनले के फलदायी परिणाम हाँसिल गर्यो यो प्रश्न हाल आएर नेपाली समाजमा वहसको विषय बनेको छ।
नेपाली समाजलाई अछुत कसले बनायो कुन शास्त्रमा अछुतको परिभाषा वा शिक्षा दिएको छ। यो अन्धविश्वास कसले श्रृजना गर्यो समाजमा किन संसारकै उत्कृष्ट धर्मको सम्मान भएन यसको कारक तत्व के हो। नेपालमा गरीबीको नाममा धर्मान्तरण वा धर्म परिवर्तन किन गरिएको छ।? धर्म परिवर्तन गर्ने युरोपेली युनियनको अर्बौं रकम को कसले खाएका छन । नेपालमा चर्चहरूको विकाश र बिस्तारमा देशका प्रधानमन्त्री समेत भएका राष्ट्रघाती धर्मछाडाहरूको लागिपरेका छन किन पैसाकालागि प्रमाण क्रिस्चियनको चलखेल मुनको होली वाईन अमृत सम्झेर पञ्चामृत खाने को को हुन यो त स्पष्ट भएको बिषय न हो ?
नेपालमा ईशाई धर्म बिस्तार र परिवर्तनमा को कस्तो दोष छ ? यसमा पहिलो दोष नेपाल सरकार र दोश्रो दोष कमल थापालाई जान्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी यसमा अछुतो छैन। कमल थापाले मल ,जल र मर्मत गरेर देशको धर्म संस्कृति बिक्री गरेकै हुन। जुन संस्थाले आफुलाइ सम्मान दियो , पैसा दियो हुर्कायो त्यही संस्थालाई बदनाम गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई थला पार्ने , राष्ट्रघात गर्ने हिन्दु धर्म र राजसंस्थाको वकालत गर्ने विधानको ऐजेन्डा बोक्ने गणतन्त्र , धर्म निरपेक्षता ,संघीयता स्वीकार गर्ने दिल्ली बार्हबुँदे सहमति सहर्ष स्वीकार गर्ने। गणतन्त्रको शासन व्यवस्थामा उपप्रधानमन्त्री मन्त्री बनेर देश दोहन गर्ने राष्ट्र र राष्ट्रियताप्रति गद्दार अपराधीसंग मिलेर अंशबन्डा गर्ने, गाई बेच्ने ,धर्म बेच्ने र गिताको कसम खाएको गिताको अपमान गरेको महान अछुत त कमल थापा र त्यो सनातन धर्म सम्मेलनमा भागलिने योगी होइनन ढोगीहरू हुन। यी कम्मल वोढी घ्यू खाने साधु हुन। पदको लोभ र लालचमा एउटा पार्टीका तीनबटा अध्यक्ष यस्तो निर्लज्जता कहीँ हुन्छ ?
प्रमाणको सामुन्ने तर्कले काम गर्दैन। कमल थापाको विगतको इतिहास नै साक्षी छ। कमल थापा पद विना बस्न नसक्ने काजी साहेव ! कमल थापा ज्यू तपाईं एउटा राजनीतिज्ञ हो भनेर कसरी मान्ने राजनीतिमा न कोही साथी हुन्छ न कोही दुश्मन तपाईंबाट राजसंस्था ,राजा, धर्म संस्कृतिको रक्षा हुने बिषयमा देशका नागरिकबाट ठुलो आशा थियोे तर तपाईंको देखाउने दाँत र खाने दाँत हात्तीको जस्तो पो फरक रहेछ। यसमानेमा तपाईंको राजनीति र अवसरवादी स्पष्ट देखिन्छ।
देशमा गणतन्त्र र लोकतन्त्रपनि विदेशी डिजाइनमा नेपालमा जवरजस्ती हुलिएको हो। २०१७ सालमा तत्कालीन प्रधानमन्त्री विशेश्वर प्रसाद कोईरालाले नेपाल भारतमा बुझाउन तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसंग सम्झौता गरेरको थाहा पाएपछि राष्ट्रवादी राजा महेन्द्रले देश बचाउन कोईराला सरकारलाई अपदस्त गर्नु परेको हो। सो समयमा चीनका राष्ट्रपतिको सहयोग रहेको थियोे। इतिहास साक्षी छ खै बुझेको ?
नेपालमा नेपाली जनताको चाहना होइन विदेशी शक्ति र देशका राष्ट्रघाती नेतृत्वले आफ्नो सत्ता स्वार्थ पद,पावर र कुर्सीकालागि विदेशीलाई गुहारेर जनतालाई भेडा बनाएर जनताको हित विपरीत राजनीतिक परिवर्तन भएको हो। २०४६ सालमा भारतीय नेता नेपालमा आएर गणेशमान सिंहको क्षेत्रपाटीमा बसेर भारतीय नकाबन्दी लगाएर २०४६ सालमा राजनीतिक परिवर्तन र २०५२ सालमा भारतीय डिजाइनमा जनयुद्ध तथा २०६३ सालमा दिल्ली कै डिजाइनमा गणतन्त्र नेपालमा स्थापित भएको हो।
देशमा यी विदेशीले उपहारमा देशमा मुठ्ठी भर नेताको भरणपोषण पोषणकालागि आएको व्यवस्था भन्ने त स्पष्ट भएको छ। आज देशको धर्म,संस्कृति ,रितिथिति, सभ्यता ,परम्परा ,संस्कार , इतिहास ,राजसंस्था सबै लिलामीमा चढाउदा खै कमल ज्यू तपाईंको बिरोध र राष्ट्रिय नीति अनुरूपको ऐजेन्डा कहाँ गयो। गाँछी र बाछीको नाममा राजनीति ,धर्म बेचेर राजनीति हाल आएर धर्मको नाममा अन्धविश्वास , अछुत र मानवीय अवमूल्यन गर्ने अधिकार तपाईंलाई कसले दियो ?. त !
नितिले हाम्रा धर्मशास्त्रले भन्छन जन्मना: जायते: शुद्र: कर्मणा द्विजउच्चते: अर्थात मानिस जन्मदा अनभिज्ञ हुन्छ कर्मको आधारमा महान हुन्छ भनेर भनेको छ। शास्त्र पढनु पर्यो अध्यायन गर्नु पर्यो विना ज्ञान धर्मलाई अपमान गरेर मानिसलाई अछुत बनाई दिने तसर्थ यस्ता बिषयमा आत्मसमर्पण होइन आत्मसमीक्षा गर्न जरुरी छ।
पार्टीले सम्मान गर्दागर्दै एकता महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई नमान्ने आफ्नो घर छाडेर जाने र फेरि आफ्ना भाइरसहरू लगाएर पार्टीमा वितन्डा मच्चाउने काम किन ? कि त आफले सर्व सम्मत जित्नु पर्यो होइन भने हार स्वीकार गर्न सक्नु पर्यो नचाहिने प्रपोगान्डा मच्चाएर पार्टीले सम्मान गर्दागर्दै भाग्ने र निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई निस्तेज पार्न पार्टी भित्र र बाहिरबाट खिचडी पकाउने यो राजनीति हो कि बेईमानी ? सक्छौ नेतृत्व सहर्ष स्वीकार गरौ सकिदैन पार्टी परित्याग गरौ।
अब नजिकै आएको निर्वाचनको मुखमा ७७ जिल्लामा जनतासंग जाने तयारीमा लागौ पार्टी अफिसमा बसेर तनामान बुन्न छाडौ देश र जनताको लागि राजनिति गर्ने हो भने फुटेर होइन जुटेर लागौ होइन भने यो खेल तत्कालै बन्द गर्न कमल थापा र पार्टी नेतृत्वपंक्तिमा राष्ट्रवादी सुझाव। धर्मले असल मार्ग देखाउछ र धर्मले मानवीय विवेद गर्दैन। मानषिक दारिद्रता र आफै अछुत हुनुको यस्ता श्रृङखला समाजमा न रोप्न र मानवीय विभेदकारी सभा सम्मेलन नगर्न सरोकारवालामा जोडदार अपिल र खवरदारी गर्न चहान्छु।
धार्मिक तथा राजनीतिक बिष्लेषक नरेश कुमार साह “कानु” पर्शा बीरगञ्ज। जय राष्ट्रवाद।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



