
राजा आउ देश बचाउ भन्न द्वैध चरीत्रहरुलाई लाज र शरम लाग्दैन ?
विक्रम सम्वत २०६२/०६३ सालमा राजा हटाउने यिनै जनताहरु हुन । विक्रम सम्वत २०७८ साल फागुन महिनाको १५ गते प्रतिनिधि सभा बाट एमसीसी पास भएपछि वर्तमान समयमा राजा आउ देश बचाउ भन्न लाज लाग्दैन ?

विक्रम सम्वत २०६२/०६३ सालमा राजसंस्थाको विरोधमा सडकमा उफ्रि उफ्रि जथाभावी नारा लगाउने यिनै जनताहरु होइनन र ? जताततै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक ढाल्ने, श्री ५ महेन्द्र शाहको शालिक ढाल्ने, श्री ५ त्रिभुवन शाहको शालिक ढाल्ने र श्री ५ बिरेन्द्र शाहको शालिक ढाल्ने यिनै जनताहरु होइनन र ?

नेपाली जनताहरु दोग्ला, द्वैध चरीत्र र अवसरवादी हुन । राजा ज्ञानेन्द्र शाहले अरु माथि विश्वास गर्नु तर नेपाली जनताहरु माथि विश्वास कहिल्यै पनि नगर्नु होला अनुरोध छ । प्रायःजसो नेपाली जनताहरु धोखेबाज र गद्दार छन ।
वर्तमान समयमा राजा आउ भन्न लाज र शरम छैन ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।



