कांग्रेस र कम्युनिस्टको विकल्पमा तयार भएको राप्रपा बाहेक अर्को कुनै शक्ति छैन: कृष्ण प्रसाद शर्मा पन्थी

आगामी चैत ५ गते सिन्धुली खुल्लामञ्चमा सहभागी बनौं ।
राष्ट्रिय जिम्मेवारी पुरा गरौ। देशकै न्यायकोलागि सपथ र प्रण सहित राष्ट्रिय धर्म निर्वाह गरौ।
सय दिनको छोटो समयमै पार्टीको उचाइ र लोकप्रियता बढेर गएको छ, नेतृत्वप्रति विश्वास र आकर्षण बढिरहेको छ, पार्टीका एजेन्डाप्रति जनताको समर्थन प्राप्त भइरहेको छ ।
दिनानुदिन पार्टी र पार्टीको एजेन्डा प्रति आकर्षण, नेतृत्व माथि भरोसा र आम जनतामा विशिष्ट आशा जगाउन सक्नु छोटो समयको उपलब्धि हो। जसवाट देशमा समानुपातिक न्याय र राष्ट्रिय सुरक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी दृढ , कटिबद्ध र प्रतिबद्ध रहेको छ ।
हामी यतिबेला इतिहासको अग्नीपरीक्षामा छौं, सामुन्ने निर्वाचनहरू छन। पार्टीको अभियानहरूले सिङ्गो देश तरंगित भएको छ, तरंगबाट पैदा भएका सकारात्मक ऊर्जालाई ग्रहण गर्दै शक्तिमा रूपान्तरण गर्नु हाम्रो मुख्य चुनौती हो । हाम्रा राजनीतिक कार्यभारहरू बाँकी छन् । राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता खारेज गरी सुदृढ स्थानीय तह बनाउने हाम्रो मुख्य कार्यभार हुन् ।
नेपालमा वैकल्पिक शक्तिको स्पेस खाली छ, कांग्रेस र कम्युनिस्टको विकल्पको रुपमा तयार भएको राप्रपा बाहेक अर्को शक्ति कुनै छैन। जय मातृभूमि नेपाल ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button