काठमाडौंको खसीबजारमा घट्यो डरलाग्दो घटना, सानो गल्तिले सदाका लागि अस्ताए १८ वर्षीय विश्वास

काठमाडौं, ८ भदौ :

काठमाण्डौको कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ ।

टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button