फेसवकुमा साथी बनाउनु युवतीका लागि पर्यो महंगो, विवाह अस्वीकार गर्दा गाउँभरी मेरै श्रीमती हुन् भन्दै युवकले लगाए पोष्टर

एजेन्सी । सामाजिक सञ्जालका माध्यमवाट मानिसहरु अपरिचित ब्यक्तिसंग पनि नजिक हुन्छन् ।

कति युवा युवतीको सामाजिक सञ्जालवाटै प्रेम बसेर विवाह भएका उदाहरण पनि छन् । तर संधै घटना सकारात्मक हुन्छन् भन्ने छैन ।

एक युवतीले सामाजिक सञ्जाल फेसवुकमा परेको प्रेमका कारण ठूलो मुल्य चुकाउनु परेको छ ।

भारत ग्वालियर, मध्य प्रदेशमा बस्ने एक युवतीलाई विवाहको प्रस्ताव अस्वीकार गर्न महँगो परेको छ।

यसबाट रिसाएको, युवतीको फेसबुक साथीले उनलाई आफ्नो इलाकामा आफ्नी श्रीमती र उनका बुबा ससुरा भएको भन्दै पोस्टर लगाएका छन् । आफुलाई श्रीमती भन्दै गाउँभरी पोस्टर टाँस्न थालेको थाहा पाएपछि युवती प्रहरीको सहयोग लिन पुगेकी छन् ।

घटना ग्वालियरको बहोदापुर पुलिस स्टेशन क्षेत्र को हो। जहाँ युवतीआफ्नो परिवार संग बस्छिन्।

जबकि युवक राजस्थान का निवासी हुन्। सीएसपी नगेन्द्र सिंह सिकरवारका अनुसार युवतीले एक बर्ष पहिले फेसबुक को माध्यम बाट राजस्थान को झालावाड़ निवासी एक युवक संग मित्रता गरेकी थिइन् । फेसबुकमा कुराकानीको क्रममा दुबैले एकअर्कालाई मोबाइल नम्बर दिए। त्यसपछि दुबै जना फोनमा कुरा गर्न थाले। केही समय पहिले ती युवक ग्वालियर आफ्नो साथीलाई भेट्न आए र उनको अगाडि बिहेको प्रस्ताव राखे।

युवतीले बिहे गर्न अस्वीकार गरिन्। यस पछि, युवकले युवतीको गाउँमा यस्तो पोस्टर लगाए, जसमा उनले युवतीलाई आफ्नी श्रीमती र आमा बुबालाई सासु ससुरा भन्दै लेखेका छन् ।

यस संगै, ती युवकले फेसबुक र ह्वाट्सएप लगायत अन्य सामाजिक मिडिया प्लेटफर्महरुमा यस्तै पोस्टहरु अपलोड र शेयर गरे। जब ती युवतीले ती युवकलाई यो कार्यको बारेमा सोधिन्, उनले भने कि यदि उनी यी सबैबाट छुटकारा पाउन चाहन्छिन्, तब उनको खातामा पैसा हाल्नुपर्छ ।

यसपछि युवतीले प्रहरी चौकीमा उजुरी दिएकी थिइन्। सीएसपी नगेन्द्र सिंह सीकरवारका अनुसार ती युवतीको उजुरीमा आरोपी युवकको बिरुद्ध एफआईआर दर्ता गरिएको छ। अहिले युवकको खोजी भैरहेको छ।

दिल्ली गएको मान्छे ३५ वर्षपछि काभ्रेमा भेटीएपछि…….

आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आउनुभएको छ ।

पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासित गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा)लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन् ।

करिब ११ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताउनुभयो ।

“बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइप¥यो”, आमा हिमादेवीले भन्नुभयो, “आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन ।”

सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उहाँले बताउनुभयो । “छोरो बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत ग¥यौँ, धेरै उपायहरु लगायौँ तर अत्तोपत्तो लागेन”, उहाँले भन्नुभयो, “साँझ बिहान भगवान्लाई दियो बाल्दा पनि त्यही छोरालाई सम्झिन्थेँ, आज भगवान्ले पुकार सुन्नुभयो ।”

भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताउनुभयो ।

काठमाडौँमा रहनुभएका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र आइतबार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारीमा रहेको दाजु पूर्णचन्द्रले बताउनुभयो ।

“म नजिन्मिँदै धेरै पहिला बुवासित दाजु उपचारका लागि दिल्ली जानुभएको रहेछ”, भाइ रमेश लामिछानेले भन्नुभयो, “दिल्लीबाट हराउनुभएको हो भन्ने सुनेको हुँ, अहिले काभ्रेको बनेपास्थित एक होटलमा काम गर्दै हुनुहुन्छ भन्ने सामाजिक सञ्जालमा देखेपछि र दाजुले भनेका कुरा र हुलिया मिलेपछि पहिचान भएको हो ।”

काठमाडौँमा रहनुभएका गाउँका आफन्तले दाजुलाई भेटिसकेको र यताबाट लिनका लागि आइतबार (भोलि) जाने तयारी भएको भाइ रमेशले बताउनुभयो ।

झण्डै ४६ वर्ष पुग्नुभएको दाजुलाई अब घरमा ल्याएर परिवारसँगै राख्ने र उहाँले पनि अब परिवारसँगै रहने इच्छा जनाउनुभएको भाइ रमेशको भनाइ छ ।

हराएको र करिब भेटिने आश मरेको छोरा भेटिएको खबरले वालिङ– ५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा खुशी छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button