
युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गर्ने एक पक्राउ
सामाजिक सञ्जाल युट्युबमा अश्लील शीर्षकहरू राखेर भिडिओ अपलोड गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन्।

उनी अहिले काठमाडौंको बौद्धमा बस्दै आएका थिए। लामालाई सोमबार पक्राउ गरिएको र पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको ब्युरोले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



