२२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा २५० मिटरको विशाल एस्टोरोइड पृथ्वीतर्फ आउँदै

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २५० मिटरको विशाल एस्टोरोइड २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको र यो भोलि बिहीबार पृथ्वीको सबैभन्दा नजिकबाट जाने बताएको छ ।

नासाले यो एस्टोरोइडलाई २००६ देखि निगरानी गरिरहेको थियो । यो एस्टोरोइड गोल्डेन गेट ब्रिजभन्दा अग्लो भएको बताइएको छ । यो एस्टोरोइडलाई ‘२०२१ जीएम ४’ नाम दिइएको छ ।नासाका अनुसार यो एस्टोरोइड ११० मिटरदेखि २५० मिटरसम्म फराकिलो हुन सक्छ ।

यसको पहिचान सबैभन्दा पहिले १० अक्टोबर २०२० मा भएको थियो । यसअघि यस्तै किसिमको एस्टोरोइड २०२० डिएम ४ २०२० को मे महिनाका पृथ्वीको कक्षनजिकैबाट गएको थियो । वैज्ञानिकको अनुमान अनुसार अहिले आइरहेको उस्टोरोइड बिहीबार जुलाइ १ का दिन पृथ्वीको छेउबाट जान सक्छ ।

अहिले यसले ६.२९ किलोमिटर प्रतिसेकेण्डको गतिमा यात्रा गरिरहेको छ ।नासाले यसलाई खतरनाक एस्टोरोइडको श्रेणीमा राखेको छ । यो एस्टोरोइड पछिल्लो दिनमा पृथ्वीनजिक आउने एस्टोरोइडमध्ये तेस्रो हो । नासाले अहिले २ हजार यस्ता एस्टोरोइडको निगरानी गरिरहेको छ जो पृथ्वीका लागि खतरा बन्न सक्छन् ।

यदि कुनै तीब्र गतिको अन्तरिक्ष वस्तु पृथ्वीभन्दा साढे ४६ लाख माइलको दूरीमा आउन सक्छ भने त्यसलाई खतरनाक मानिन्छ । आगामी १०० वर्षको लागि २२ यस्ता एस्टोरोइड छन् जो पृथ्वीसँग ठोक्किन सक्ने न्यून सम्भावना छ । डिसीनेपालमा खबर छ ।

कस्तो अचम्म ? आफु बिबाहित हु भन्ने बिर्सिएका श्रीमानले आफ्नै श्रीमतिलाई हेरेर मसँग बिहे गर्छ्यौ भनेपछी…..

अमेरिकामा भएको यो घटना निकै मर्मस्पर्सी छ ।  १२ वर्ष अघि विवाह गरेका उनका श्रीमानले उनी आफ्नी श्रीमती हुन् भन्ने नै विर्सिए । तर अचम्म के भयो भने उनका श्रीमान दोस्रो पटक पनि उनीसंगै प्रेममा परेर र फेरी विवाह गरे ।

उनलाई थाहा थिएन श्रीमान यस्तो रोगवाट गुज्रिरहेका छन् । सुरुमा उनले आफुले के बोलिरहेको छु भन्ने विर्सन्थे ।

पछि उनले बोल्ने बेलामा शब्द बनाउनै विर्सिए । उनीहरुलाई लाग्यो यो सबै उमेरका कारणले लागेको हो । तर गत डिसेम्बर महिनाको एउटा शनिवार साँझ । पिटर र लिसा मार्शल सोफामा बसेर मन पर्ने टेलिभिजन शो हेरिरहेका थिए । त्यसबेलामा पिटरले लिसालाई हेरे अनि मसँग बिहे गर्छ्यौ भनी सोधे ।

लिसाका लागि त्यो समय निकै खुसी र दुखी दुवै थिए । उनका श्रीमान उनीसंगै प्रेममा दोस्रो पटक परेका थिए त्यो खुसीको कुरा थियो भने उनले पहिले नै विवाह गरिसककेको छु भन्ने विर्सिए त्यो निकै दुखद् कुरा थियो ।

तर पिटर र लिसाको धेरै अघि बिहे भइसकेको थियो । पिटरलाई स्मरणशक्ति गुम्ने अल्जाइमर नामक रोग लागेको थियो । तीन वर्षअघि यो रोग लागेपछि उनले लिसासँगको प्रेम र विवाह सबै बिर्से ।

‘यसले मुटु छि या छि या बनाउँछ,’ लिसाले सीएनएनलाई बताइन् । ‘हामीले नयाँ स्मरणहरू बनाएका छौं तर म उनलाई जतिखेर त्यो क्षण सम्झन्छौ भनी सोध्नुपर्दा पीडा अनुभव गर्छौं ।

म उससँग मिलेर पुराना कुरा सम्झन चाहन्छु तर पिटर केही पनि सम्झन सक्दैनन् । अहिले तत्कालको कुरा त उनी सम्झँदैनन्, २० वर्षअघिको कुरा कहाँबाट याद हुनु उनलाई ?’

यो जोडीको विवाह भएको १२ वर्ष बितिसकेको छ । उनीहरू पेन्सिल्भेनियामा छिमेकी हुँदा भेटघाट भएको थियो । त्यतिखेर उनीहरूको अर्कैसँग विवाह भइसकेको थियो र बच्चा हुर्काइरहेका थिए ।

पछि उनीहरूले आआफ्ना जोडीसँग पारपाचुके गरे अनि सन्तानहरू हुर्केर कलेज जान थालेपछि विवाह पनि गरे । पतिमा क्रमशः परिवर्तन आउँदै गएको लिसाले अनुभव गरिन् ।

तर त्यसलाई स्वीकार्न उनलाई गाह्रो भयो । उनी साँचो कहाँ राखेको छ भन्ने नै बिर्सन थाले । अनि वालेट भुल्न थाले । पछि गएर त उनी शब्द र तिनको अर्थ पनि बिर्सन थाले । उनलाई वाक्य बनाउन नै गाह्रो हुन थाल्यो ।

आफूहरू बूढो हुँदै गएकाले यस्तो समस्या आएको भन्ने उनलाई लाग्यो । स्वास्थ्य जाँचपछि सन् २०१८ मा पिटरलाई अल्जाइमर रोग लागेको थाहा भयो ।

अनि पिटरका लागि सबै स्मृतिहरू विलुप्त हुँदै गए । उनले लिसासँगको विवाह नै बिर्से । अहिले आएर उनीहरूबीच पुनर्विवाह भएको छ तर यो कुरा उनले पुनः बिर्सन सक्ने सम्भावना बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button