बीबीसीका पुरुष एंकरलाई गर्मी लागेपछि कट्टु लगाएर समाचार भनेको भिडियो बाहिरियो (भिडियो)

बीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर राति ११ बजेको समाचार भनेका छन् । बुधवार बेलायतमा यस वर्षकै सबभन्दा धेरै गर्मी भएको थियो ।
उनले कोट शर्ट र टाई लगाएको भए पनि टेबलले गोडा छेक्ने भएकाले कट्टु लगाएका थिए । अगाडिको क्यामराबाट नदेखिएपनि साइडको क्यामराबाट चाहिँ उनले कट्टु लगाएको देखिन्छ । एक सेकेन्डका लागि क्यामरा साइडबाट देखिएपछि तीखो आँखा भएका दर्शकले लेको नां,गो गोडा याद गरेका थिए ।

त्यतिखेर उनले कोभिडकालको यात्रा नियम र इजरायलको राजनीतिक संकटका विषयमा समाचार भनेका थिए । पछि उनले मध्यरातको बुलेटिन भन्दा पनि कट्टु नै लगाएका थिए । त्यतिखेर चाहिँ उनले चश्मा पनि लगाएका थिए ।

शन ले पश्चिम लन्डनमा बस्छन् र उनी बाहिर प्रायः कट्टु नै लगाएर हिँडेको देखिन्छ । उनले अनि बीबीसीले पनि यस विषयमा टिप्पणी गर्न मानेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button