एक महिलाले ७ महिनामै एकैपटकमा जन्माइन् १० सन्तान, राखिन बिश्व रेकर्ड ( तस्विर सहित)

दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ ।

राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

सितहोलले डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताएपनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको बताइन्। प्रेटोरिया न्युजसँग उनका श्रीमान तेबोहो सोतेसीले भनेका छन्,‘७ छोरा र ३ छोरीको जन्म भएको छ। मेरी श्रीमती ७ महिना ७ दिनको गर्भवती थिइन्। म खुशीसँगै भावुक भएको छु।’

यसैबीच यतिबेला सितहोलले गिनिस वर्ल्ड रेकर्ड राखेको भनेर चर्चा चलेको छ। हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपटक जन्म भएको रेकर्ड थियो। सो रेकर्ड मालीयन हालिमा सिसेको नाममा छ। मोरोक्कोकी उनले गत महिना मात्र ९ सन्तानको जन्म दिएकी थिइन्। तस्विर तल हेर्नुहोस :

आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन लागेपछि केटि बनेर विवाह मण्डपमै प्रेमिका भगाउन लाग्दा …..

मायामा परेका जोडीहरुलाई एक अर्कालाई भेट्ने चाहना हुनु स्वभावीक हो । एकअर्कासंग रमाइलो समय विताउने उद्देश्यले एक युवकले अपनाएको उपाय अहिले भाइरल भएको छ ।

भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्न केटी बनेर गए ।

विवाह स्थलमा केटी बनेर गएका उनी त्यहाँ पक्राउ परे । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा भएको यो घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए । काँधमा लेडिज ब्याग भिरेका थिए । उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।

उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छेलाई शंका लाग्यो ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरूले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत ह टा इयो तब सबैजना तीनछक परे ।

उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । वाहिर दुई जना साथी मोटरसाइकल लिएर तयारी अवस्थामा रहेछन् उनी त्यही मोटरसाइकलमा बसेर गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button