हातमा मेहंदी लगाएकी बेहुलीले बेहुलालाई मण्डप मै छोडेर जागिरको अन्तरवार्ता दिन गएपछि…

सरकारी शिक्षकका लागि निवेदन खुलेको थियो । उनले त्यसका लागि निवेदन दिएकी थिइन् । तर उनको अन्तरवार्ता र अन्य प्रकृयाको काम संयोगले विवाहकै दिन तय भयो ।

भारत रामनगर, गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाएकी थिइन् । उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फारामको तयारी गरिरहेकी थिइन् ।

प्रज्ञाको सोही दिन विवाह भएको थियो । उनी विवाहकै दिन विहान पतिलाई मण्डपमै छोडेर गाण्डा बीएसए अफिसको लागि प्रस्थान गरिन् ।परामर्श मिति तय भएका कारण उनले विवाहका धेरै रित छोडिन् ।

उनले पतिसंग ७ फेरा लिइन् अनि बेहुलालाई मण्डपमा छोडेर कागजात बोकेर हिडिन् । प्रज्ञा अन्तरवार्ता र अन्य प्रकृयाका लागि लाइनमा बसीन् र उनका कागजातहरू जाँच गरी रसिद लिइन्। प्रज्ञाको अनुहारमा दोहोरो खुशी देखिन्थ्यो।

प्रज्ञा भन्छिन् कि उनीलाई विवाह भन्दा उनको भविष्यको महत्व ठूलो लाग्छ । त्यसैले उनी आफ्नो दुलहालाई मंडपमा उनको प्रतिक्षामा छोडेर कामको खोजिमा आइन् । विवाहको बाँकी कामको लागि घरमा सबै जना पर्खिरहेका छन् । जब दुलही, प्रज्ञा फर्केर आइन् बाँकी विवाहको काम पुरा भयो ।

प्रज्ञा विश्वास गर्छिन् कि उनको दुलहा उनको लागि धेरै भाग्यवान छन् कि उनले फेन्डलीको जीवनमा आएपछि मात्र जागिर पाइन् । उनले आफ्नो यो उदाहरण अन्य अभिभावका लागि पनि भएको बताइन् । उनले भनिन्, सबै अभिभावकले आफ्नो छोरीको भविष्यलाई महत्व दिउन् । आफुलाई सहयोग गरेकोमा उनी आफ्ना बुवाआमा प्रति निकै नतमस्तक छन् ।

आधारभूत शिक्षा अधिकारीले पनि प्रज्ञालाई बधाई दिँदै विवाहको दिनमै भएको अन्तरवार्तामा उनी सफल भएको बताए । प्रज्ञा सरकारी जागिर निश्चित भए पछि श्रीमान् को घर बाराबन्की गइन् । प्रज्ञालाई आधारभूत शिक्षा विभाग, गोंडामा शिक्षकको रूपमा नियुक्त गरिएको छ।

नेपालमै भेटियो ८ जनामा कालो ढुसी संक्रमण, ३ को मृत्यु

कोभिड भएका कम्तीमा पाँच प्रतिशत बिरामीमा गम्भीर समस्या देखा पर्छ र तिनलाई लामो समय सघन उपचार आवश्यक पर्छ। भेन्टिलटरमा भएका बिरामीमा ढुसी र अन्य सूक्ष्मजीवको सङ्क्रमण हुने जोखिम बढी हुने विज्ञहरू बताउँछन्।

महामारीका बेला आईसीयूमा बिरामीको चाप बढी हुँदा सङ्क्रमण रोकथाम गर्न नसकिएको चिकित्सकहरू बताउँछन्। स्टेरोइड र अन्य औषधिको अत्यधिक प्रयोग हुँदा शरीरको प्रतिरोध प्रणाली दुर्बल हुन्छ अनि अन्य अदृष्ट परिस्थितिले गम्भीर अवस्थामा भएका कोभिड बिरामीलाई त्यस्ता सङ्क्रमणको धेरै जोखिम हुन्छ।

ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। डा. सिंहले करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए।

‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ। तर, ती महिलालाई बचाउन सकिएन। त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो।’

ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृत्यु भएको उनले बताए। भने, ‘आठमध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ।

बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको संक्रमण भएको हाम्रो ठम्याइ छ।’ यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते निधन भएको थियो।

नेपालमा संक्रमणले दियो यस्तो सङ्केत, प्रशासनले पनि गर्दै छ यस्तो घोषणा

नेपालमा भाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६६ हजार ५८७ जना पुगेको जनाएको छ ।

हाल एक लाख चार हजार ७८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ।

आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्। यससँगै देशभर  ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

यो संगै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटि परिवर्तन हुने भएको छ । त्यसका लागि उपत्यकाका तीन जिल्लाका सिडिओहरुले तयारी थालेका छन् । उनीहरुको मंगलवार बसेको बैठकले मोडालिटिको बुँदा तयार पारेको छ । घोषणा हुन बाँकी मोडालिटिमा केही परिवर्तन भएको बताइएको छ ।

यस अघि बन्द भएका खाद्यान्नका पसल संचालन हुनेछन् । एक साता खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरहरु पूर्ण बन्द गरिएका थिए । अब ति विहान १० वजे सम्म सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने नयाँ मोडालिटिमा उल्लेख छ ।

साथै प्रशासनले यस अघि पूर्ण रुपमा बन्द गराएका उद्योग, निर्माण कार्यका ढुवानीहरु पनि खुला गर्ने भएको छ । त्यस्ता ढुवानी सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।

अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप पनि सञ्चालन गर्न पाइने छ । उद्योगले पनि कामदारको आवासीय व्यवस्था मिलाएर संचालन गर्न सक्नेछन् ।

जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button