विवाह भएको १७ मिनेटमै वेहुलाले यस्तो दाइजो मागे की उपस्थित सबै चकित परे जन्ती आएका सबैले यस्तो भन्नथाले

काठमाडौ । भारतमा अहिले एउटा विवाहको निकै चर्चा भएको छ । महामारीकाबीच निकै सावधानीका साथ परिवारका थोरै सदस्य भेला भएर गरीएको यो विवाह अरुका लागि पनि उदाहरण हुन सक्छ भनेर निकै चर्चा भएको हो ।

भारत यूपीको शाहजहांपुरमा भएको यो विवाह केवल १७ मिनेटमा सकिएको थियो । यो विवाह यस कारण चर्चित भयो की विवाहमा वेहुलाले वेहुलीका परिवारसंग अचम्मको दाइजो लिए ।

विवाह सामान्य तरिकाले धेरैले गर्छन त्यो कुनै ठूलो कुरा भएन तर वेहुलाले दाइजोको रुपमा जे मागे त्यो भने धेरैलाई अचम्म बनाउने खालको छ । यो अनौठो विवाह पटनाको एक मन्दिरमा सम्पन्न भएको हो ।

विवाहमा न धेरै जन्ति थिए न बाजागाजा थिए । घरका केही सदस्यको अगाडी वेहुला वेहुलीले मन्दिरको सात पटक परिक्रमा गरेर र सिन्दुर लगाए । उनीहरुको मुख्य उद्देश्य भारतमा कुरीतीको रुपमा रहेको दाइजो प्रथा उन्मुलन गर्नु थियो ।

उनीहरुले अपनाएको यो तरिकाको अहिले सो क्षेत्रमा निकै चर्चा भएको छ । खासमा थाना कलान क्षेत्रका सनाय गाउँमा बस्ने पुभेन्द्र दुवे उनी गाउँमा शिक्षण संस्था चलाउँछन् । उनी दाइजो प्रथा विरोधी हुन् ।

उनको विवाह हरदोईकी प्रीति तिवारीसंग भएको हो । उनले विवाह तय भए देखि नै आफुले दाइजो नलिने बताउँदै आएका थिए । पटनाको एक देवी मन्दिरमा उनीहरुले सामान्य तरिकाले विवाह गरे । विवाह १७ मिनेटमै सम्पन्न भएको थियो ।

उनले दाइजो लिन्न भनेर निकै इन्कार गरेपछि पनि वेहुली तर्फका आफन्त मान्दै मानेनन् । अनि उनले वेहुलीका परिवारसंग अचम्मको दाइजो मागे । त्यो थियो रामायणको किताव ।

वेहुलीको माइतीले निकै कर गरेपछि उनले रामायणको किताब मागेका थिए । उनको यो तरिका देखेर त्यहाँ उपस्थित सबै चकित परे ।

भुपेन्द्र र प्रीतिले आफुहरुको विवाह समाज परितर्वतका लागि एक उदाहरण बनाउन चाहेको बताए । अरुलाई पनि दाइजो रहित विवाह गर्न उनीहरुले सल्लाह दिएका छन् ।

यो पनि,,,,,झापामा अस्पताल जाँदैनन् सङक्रमित, घरमै गर्छन् यस्तो उपचार

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो ।

सास फेर्न समस्या देखिए सकभर घरमै अक्सिजन सिलिण्डर लाने र अक्सिजन सिलिण्डर नपाए मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् ।

गौरीगञ्ज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियन्टपश्चात् आजसम्म ६० सक्रिय सङ्क्रमित रहेका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सङ्क्रमितमध्ये ५० जना होम आइसोलेशनमा छन् भने दुई जनाले कोशी अस्पतालमा उपचार गराइरहेका छन् ।

कूल सङ्क्रमितमध्ये एक जनाको मुत्यु भइसकेको छ ।

दोस्रो भेरियन्ट देखा परेपश्चात् गाउँपालिकाद्वारा १२२ जनाको स्वाव सङ्कलन गरिएको स्वास्थ्य शाखाप्रमुख रामचन्द्र मिश्रले बताउनुभयो । कोरोना सङ्क्रमित ६० मध्ये सात जना सङ्क्रमण मुक्त भइसकेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले १५ शय्याको आइसोलेशन र ८ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ । पचास शय्या क्वारेन्टिन कोरोना सङ्क्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्टपछि कोही पनि बिरामी अस्पताल आएका छैनन् । शय्याहरू खाली छन् । बिरामीले घरमै उपचार गराइरहेका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले नेपाल सरकारको प्रोटोकलअनुसार नै बिरामी होम आइसोलेशनमा बसेको बताउनुभयो ।

उहाँले होम आइसोलेशनमा बसेका बिरामीहरुसँग नियमितरूपमा स्वास्थ्यकर्मीहरुको सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारी दिनुभयो ।

गौरीगञ्जमा मात्र होइन झापाका हरेक स्थानीय तहका नागरिकले कोरोना सङ्क्रमित भएको खण्डमा घरमै उपचार गराउँदै आएका छन् । सन्तोष आचार्य, पुष्प बराल, वीरबहादुर दर्नाल, गोपाल काफ्ले, पर्वत पोर्तेललगायतका पत्रकारहरु पनि कोरोना सङ्क्रमणपछि घरमै उपचार गराएर स्वास्थ्यलाभ गरिरहेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button