‘धोकादिनु पाप हो’ भन्दै यी युवकले गरे यी दुई युवती संग एकैचोटी एउटै जग्गेमा बिहे ….

भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुईजना सित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो ।

गाउँमा चन्दू माैर्य नाम गरेका युवाले एउटै मण्डपमा दुई जनासँग विवाह गरेका हुन् । मुरिया जनजातिका चन्दूले आफूले दुवै जनासित प्रेम गरेकाले धोका नदिन दुवैसँग विवाह गरेको बताएकाे बीबीसी हिन्दीले लेखेको छ ।

उनले भनेका छन्, ‘मैले दुई जनासँगै प्रेम गरेको थिएँ, कोही एक जनालाई धोका दिन सक्दैन थिएँ, मनमा केही प्रश्न थियो तर विवाहका लागि दुवै जना राजी भएपछि विवाहका लागि म पनि तयार भएँ ।’

चन्दूले सुन्दरी कश्यप र हसीना बघेलसँग एकै पटक विवाह गरेका हुन् । विवाहपछि सुन्दरी र हसीनाले आफूहरू पनि खुशी रहेको प्रतिक्रिया दिएकाे खबरमा उल्लेख छ । चन्दूले आफ्नो सम्बन्धबारे दुवै जनालाई भनेको र त्यो कुरा दुवै जनाले स्वीकार्दै एकैसाथ बस्न तयार भएकाे बताएका छन् ।

पहिला सुन्दरीसँग प्रेममा रहेका चन्दू पछि हसीनाको प्रेममा परेका थिए । तीनै जना एक साथ बसेको झण्डै एक वर्षपछि उनीहरूको विवाह भएको हो ।

छत्तिसगढका केही जनजातिमा सामान्य विधि पूरा गरेपछि विवाहअघि नै युवा–युवतीसँगै बस्न पाउँछन् । विवाहका लागि चन्दूले कार्डसमेत छपाएका थिए । जसमा दुवै जना बेहुलीको नाम लेखिएको थियो ।

सर्व आदिवासी समाजका नेता प्रकाश ठाकुरका अनुसार तीनै जना बालिग छन् । उनीहरू तीनै जना आदिवासी समाजका हुन् । यो समाजमा बहुपत्नी प्रथामा कुनै राेक छैन ।

त्यसमा पनि आदिवासी समाज पनि यो विवाहमा खुशी छ ।  उच्च अदालतका अधिवक्ता प्रियंका शुक्लाका अनुसार यो विवाहलाई गैरकानुनी भन्न मिल्दैन । आदिवासी जनजातिको परम्परा र संस्कृतिभित्र पर्ने भएकाले यस्ता विवाहलाई कानुनले नरोक्ने उहाँको भनाइ छ ।

यो पनि,,,,,४ दिन अगाडी ठिक थिए अध्यक्ष तामाङ, नयाँ भेरियन्टसहितको कोरोनाले आजै लग्यो

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उहाँलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो । उहाँको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं.–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । साविकको लप्सेफेदी गाविसको वडा नं.–३ निवासी तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं.–४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसको वडा सभापतिसमेत हुनुहुन्थ्यो ।

नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना सङ्क्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button