‘कोरोना केही होइन,बकबास हो’ भन्ने दुलाहालाई पत्रकारले दिए झा प ड (भिडियो हेर्नुस्)

एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरले त्रा स उत्पन्न गराएको छ । सर्वसाधारणहरु अस्पतालमा वेड पाउन सकेका छैनन् । अक्सिजन नपाएका संक्रमित अस्पतालको आंगनमै देखिन्छन् ।

लाखौं ब्यक्ति दिनहुँ संक्रमित भएका छन् । यस्तो अवस्थामा कोरोना केही होइन वकवास हो भन्ने वेहुलाले पत्रकारको झा प ड भेटेका छन् । भारतमा सयौं जन्ती र पाहुनासहित बिबाह गर्ने भन्दै हिँडेका बेहुलालाई अन्तरवार्ता दिने क्रममा पत्रकारले नै झा प ड लगाएका छन् ।

सरकारले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर उनले सो मापदण्ड पालना गरेका थिएनन् । पत्रकारले त्यसवारे प्रश्न गरेका थिए । उनले जवाफ दिँदै वेहुलालो ‘कोरोना कहिँ छैन,यो केही होइन, यो सब बकवास हो ।

बरु बिबाहको लागि आफ्नो आफ्नो धेरै पैसा खर्च भइसकेकोले कुनै हालतमा बिहे गर्ने,हेरौं त कसले रोक्दो रहेछ’ भनेपछि पत्रकारले ले रिस थाम्न सकेनन् । संगै रहेका साथीलाई यो माइक समात भन्दै उनले वेहुलालाई नै मु क्क वर्षाए ।

बिबाहमा सबैलाई कोरोना लाग्यो भने त्यसको जिम्मेवारी कस्ले लिने भनेर टेलिभिजन पत्रकारले प्रश्न सोध्दा बेहुलाले ‘कोरोना भन्ने नै नरहेको र यो मान्छेलाई मूर्ख बनाउने मेलो’ बताउँदै ‘कहाँ छ कोरोना रु’ भनेर उल्टै पत्रकारलाई प्रतिप्रश्न गरेका थिए ।

अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो पनि,,,,२ दिन देखी ढुंगाको च्यापमा हेर्दाहेर्दै (भिडियो)

युवाहरुलाई जोखिम लिने निकै शौख हुन्छ । तर त्यही चाहनाले कहिले काँही अप्ठेरो पार्छ । एक जना युवा ढुँगाको गुफामा पस्दा दुई दिन सम्म त्यही अड्किएका छन् ।

स्थानिय बासीन्दा, प्रहरी मिलेर उनलाई गुफावाट दुई दिन पछि बाहिर निकालिएको छ । इलाम नगरपालिका ५ बिव्ल्याटे नजिकै रहेको गुफामा यस्तो घटना भएको हो । भिडियो सार्वजनिक भएको भएपनि सो भिडियोमा त्यसबारे कुनै जानकारी भने छैन ।

भिडियोमा कमेन्ट गरेका एक जना स्थानियले यसवारे जानकारी दिएका छन् । कविन लुइटेलले कमेन्टमा लेखे अनुसार बिब्ल्याटे नजिकै रहेको गुफा ढुंगा भन्ने स्थानमा पसेका ति युवालाई उद्दार गरिएको हो ।

गुफामा ढाड फसेपछि उनी बाहिर निस्कन सकेनन् । युवकको नाम सन्तवहादुर लिम्वू बताइएको छ । उनलाई नेपाली सेनाबाट निवृत्त टंक श्रेष्ठ, स्थानीय र नेपाल प्रहरीका जवानहरुले उद्धार गरेका हुन् ।

ढुंगामा फसेका उनी साथीहरुसंग बोलिरहेको सुनिन्थ्यो । प्रहरी र स्थानियले गुफा खनेर केही माटो निकालेपछि उनलाई बाहिर निकाल्न सकिएको थियो ।

वाहिर निस्किएका उनको अवस्था सामान्य देखिएको थियो । निकै डराएको जस्तो देखिएका उनी कापिरहेका थिए । स्थानिय र प्रहरीले उनलाई बोकेर अस्पताल तर्फ लगेको अनुमान लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button