शरिर पछाडी टाउको भएका संसारकै अनौठो मानिस, डाक्टरले २४ घण्टा पनि बाँच्दैन भनेका ओलिभिएरा यसरी बने संसारकै उत्कृष्ट (भिडियो हेर्नुस्)

एजेन्सी । संसारमा अनौठो घटना हुन्छ । ब्राजिलबाट एउटा यस्तो घटना सार्वजनिक भएको छ जहाँ एक व्यक्तिको जन्म भएको थियो । त्यती बेला डाक्टरहरूले उनलाई २४ घण्टा पनि बाँच्न सक्दैन भनेर घोषणा गरे ।

तर उनै ब्यक्ति अहिले ४४ वर्षका भएका छन् । यि ब्यक्तिको टाउको शरिरको पछाडी तिर छ । जसका कारण उनी संसारकै अनौठो मानिस भन्दै विश्व प्रसिद्ध भएका छन् ।

उनको कामले पनि उनलाई विश्व प्रसिद्ध बनाएको छ । सरिरको अनौठो बनावटका कारण आज संसारमा प्रख्यात भएका छन् । क्लाउडियो भेरा डि ओलिभियरा अब एक लेखापाल हुनुका साथै मोटिभेशल स्पीकर पनि भएका छन्। ओलिभिएराकी आमा भन्छिन् कि उनले बाल्यकालदेखि नै उनको अरु बच्चाजस्तै सम्हालिन् ।

न्यु योर्क पोष्टको एक रिपोर्टका अनुसार क्लाउडियो भेरा डि ओलिभियरालाई उनको आमाले अन्य बच्चाहरु जस्तै उनलाई पनि जीवन बाँच्न पूर्ण स्वतन्त्रता दिईन्।

जब ओलिभराको जन्म भयो, उनलाई सास फेर्न गाह्रो भयो र डाक्टरहरूले उनको आमालाई सल्लाह दिएका थिए कि उनको जीवन लामो समय सम्म चल्दैन । उनलाई अब खान पनि दिन पर्दैन । तर उनी बाँचे ।

ओलिभराले स्कूल मात्र पढेनन् की विश्वविद्यालय स्तरसम्म आफ्नोअध्ययन पुरा गरे र एक लेखापालको रुपमा काम गरे ।

ओलिभरा टिभी हेर्छन्, फोन चलाउँछन्। र ती सबै चीजहरू गर्छन् जुन एक साधारण व्यक्तिले गर्छन्। ओलिभरा आज मानिसहरू माझ धेरै प्रख्यात भइसकेको छन्। उसको परिवार ओलिभ्राको सफलताबाट धेरै खुसी छ।

यो पनि,, ज्योतिषविज्ञान भन्छ : यी महिना जन्मिने व्यक्ति करोडपति

ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो। मङ्गलवार मङ्गलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ।

बिहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरूले तपाईँको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन्। त्यसैगरि कुनै पनि मानिसको जन्म महिनाको प्रभाव समेत उसको जीवनमा पर्ने गर्छ।

वैशाखः वैशाख महिनामा जन्मिएका व्यक्तिहरू धनवान् ,राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका हुने गर्छन्। यस महिना जन्म भएकाहरू अरूसँग मित्रवत् व्यवहार गर्ने र कसैसँग कुनै दुस्मनी बनाउन नचाहने स्वभावका हुन्छन्।

जेष्ठः यस महिनामा जन्मिएका व्यक्तिहरू धेरै मेहनती र उत्तम बुद्धि भएका हुन्छन्। उनीहरू आफ्नो कडा परिश्रम र मेहनतको बाबजुद प्रशस्त सम्पत्ति आर्जन गर्न सक्छन्।

असारः असार महिनामा जन्मिएका व्यक्तिहरू निकै भाग्यमानी हुने गर्छन् र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन्। यस महिना जन्मेकाहरूले थोरै मात्र सुख भोग गर्ने मौका पाउनेछन्।

साउनः साउन महिनामा जन्मेका व्यक्तिहरू धार्मिक कामहरूमा बढी रुचि राख्ने गर्छन्। उनीहरूको जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरू आफ्नो पार्टनरबाट भरपुर माया पाउने हुँदा जीवनभर सुखी र खुसी रहन सक्छन्।

भाद्रः भाद्र महिनामा जन्मेका महिलाहरूले व्यक्तिहरू निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन्। यो महिनामा जन्म लिएका व्यक्तिहरू मिठो बोली र सरल भएका हुन्छन्। कडा मेहनत र परिश्रमका बाबजुद यिनीहरूले प्रशस्त धन सञ्चित गर्न सक्छन्।

असोजः यस महिनामा जन्म भएका व्यक्तिहरू निकै सुन्दर ,पवित्र मन भएका र धनवान् हुने गर्छन्। यिनीहरू अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन्।

कार्तिकः यस महिनामा जन्मिने व्यक्तिहरू घमन्डी स्वभावका भए पनि निकै धनवान् र बुद्धिमानी हुने गर्छन्। यस महिना जन्म भएका मानिसहरू भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका हुन्छन्। यिनीहरू अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न सक्दैनन्।

मंसीरः मङ्सिर महिनामा जन्म हुने मानिसहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन्। उनीहरू झुट बोलेको सहन सक्दैनन्। यस महिनामा जन्मेका व्यक्तिहरूको मन धार्मिक काममा बढी जान्छ । यिनीहरू प्रशस्त धन आर्जन गर्न सफल हुन्छन् तर खर्च बढी गर्ने बानीका कारण त्यति धन सञ्चित गर्न भने सक्दैनन्।

पुषः यस महिनामा जन्मेका मानिसहरूको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ। उनीहरू आफ्नो कडा मेहनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल हुन्छन्। पुष महिनामा जन्म लिएका व्यक्तिहरूले सामाजिक कामबाट समेत ठुलो मान सम्मान पाउन सक्छन्।

माघः यस महिना जन्मिएका व्यक्तिहरूको मन निकै सफा हुने हुँदै अन्य कसैको नराम्रो सोच्दैनन्। यिनीहरू हँसिलो र जिद्दी स्वभावका हुन्छन्। माघ महिनामा जन्म भएका मानिसहरूलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त सम्पत्ति जोड्ने मौका मिल्नेछ।

फाल्गुण : फाल्गुण महिनामा जन्मेका मानिसहरू निकै दयावान्, धनवान् र विद्यावान् हुने गर्छन्। उनीहरू अन्य कसैको दुख देख्न नसक्ने हुँदा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्छन्। यस महिना जन्मेका व्यक्तिहरू निकै रिसालु स्वभावका भए पनि अरूको दुखमा सधैंब साथ सहयोगका लागि अगाडी बढ्ने गर्छन्।

चैतः यस महिनामा जन्मेका व्यक्तिहरू पैसाको राम्रो बन्दोबस्त गर्न सक्ने हुँदा ठुलो मात्रामा धन सञ्चय गर्न सक्छन्। चैतमा जन्म भएका व्यक्तिहरूले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्‍याउन आवश्यक हुन्छ। यिनीहरू निकै रिसालु भए पनि अरूलाई दया गर्ने स्वभावका हुने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button