
सयवटा निजी जेट विमान लिएर विश्वभरवाट शक्तिशाली ब्यक्ति पुगेको एउटा यस्तो विवाह , हेर्नुहोस
एजेन्सी । नाईजेरियाका रष्ट्रपति मोहम्मद बुहारीको छोराको विवाहको चर्चा अझै सेलाएको छैन ।

सामान्यतय विवाह देखिनेभन्दा फरक दृश्यले विश्वभर चर्चा पायो । विशिष्ट व्यक्तिको विवाह त्यही माथि पनि राष्ट्रपतिको छोरा सेना र प्रहरीको बाक्लो अनि कडा सुरक्षा त हुने नै भयो ।

अनि साथै विभिन्न मुलुकका शक्तिशाली राजनीतिज्ञहरु पनि उनको विवाहमा सरिक भए ।
यो भन्दा पनि उनको विवाहले चर्चा पाएको अर्को कुरा हो सयवटा निजी जेट विमान । विभिन्न देशका शक्तिशाली राजनीतिज्ञ सहभागी । एक सयवटा निजी जेट विमानको उडान । सेना र प्रहरीको कडा सुरक्षा ।
मोहम्मद बुहारीको एक मात्र जीवित छोरा युसुफ बुहारीको विवाह जारा नासिर बयोरोसँग भयो ।
नासिर बयोरो शक्तिशाली मुस्लिम नेता नासिर अडो बयरोकी छोरी हुन् ।
खासमा विवाह हुनु नै ठूलो कुरो भने होइन । तर, उनीहरुबीचको विवाहमा जुन सयवटा विमानले उडान भर्यो त्यसले भने उनीहरुको विवाहभन्दा बढी चर्चाको कमायो । कोहीले यसलाई बेरुजु खर्च भनेका छन् ।

युसुफ र जाराबीच बेलायतको सुरे विश्वविद्यालयमा भेट भएको थियो । नासिर बिचीका अमिरका नामले चिनिन्छन् ।
उनीहरुको विवाह समारोहमा राष्ट्रपति बुहारीका प्रतिद्वन्द्वी गुडलक जोनाथानले पनि सहभागी जनाएका थिए ।
गाम्बियाकी प्रथम महिला फटुमाटा बाह बारो र नाइजरका पूर्वराष्ट्रपति मुहम्मदु इसुफु पनि विदेशी पाहुना थिए ।
विवाहमा निजी जेटहरु उत्तरी नाइजेरियाली शहर कानोमा भरिएका थिए । जहाँ नाइजेरियाका कुलिन र पश्चिम अफ्रिकाका शक्तिशाली व्यक्तिहरु पुगेका थिए ।
आजदेखि गाईजात्रा पर्व सुरु : मृत्यु शोकको अनौठो उत्सव
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका म’रेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कू पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो ।
संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउनुहुन्छ ।
हास्य व्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उहाँको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ ।
पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।
सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ ।
गाईजात्रा किन नेवारी समुदायमा मात्र ?
गाईजात्रा मृत्युसंस्कारसँग सम्बन्धित पर्व हो । संस्कृतिविद् धौभडेलका अनुसार, अरू संस्कृतिमा परिवर्तन भए पनि मृत्यु संस्कार उही रहन्छन् । तर, पछिल्लो समय गाईजात्राको संस्कारमा पनि परिवर्तन देखिएको उनी बताउँछन् ।
धौभडेलका अनुसार गरुडपुराणमा मान्छेको मृत्युको ११औं दिनमा वृषसर्ग गर्नुपर्ने उल्लेख छ । त्यो दिन परिवारले जिउँदो साँढे र उसको लागि आवश्यक जग्गा दान दिए मात्र दिवंगत आत्माले शान्ति पाउँछ भन्ने छ । ‘तर यो संस्कारमा धेरै खर्च लाग्ने भयो’ धौभडेल भन्छन्, ‘अनि वैकल्पिक उपायको रूपमा गाईजात्रा मनाउन थालियो ।’
साँढे र जग्गा दानको विकल्प खोज्दै जाँदा वृषसर्ग कर्म नगरे पनि स्वर्गको ढोका खुल्ने भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास भएर नेवारहरूले यो पर्व मनाउन थालेको धौभडेलको मत छ ।



