विश्वकप छनोट : नेपालले खेल्नै तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीमा

काठमाडौँ — कुवेतमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले कुवेतमा तीन खेल खेल्नेछ । जसमा जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

जसको प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता भएको छ । जसमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यसको बजार व्यवस्थापनको जिम्मा ए.डी. रिलिजले गर्नेछ ।

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने प्रतियोगिता कोभिडका कारण तथस्ट मैदानमा खेल्न लागेको हो । एसियन फुटबल महासंघले समूह ‘बी’ का सबै खेल कुवेतमा गराउने निर्णय अनुसार नेपालले कुवेतमा दोस्रो चरणका खेल खेल्न लागेको हो । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार राति पौने १० बाट हुनेछन् ।

प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चार हार र एक जित निकालेको छ ।

रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा वैशाख १६ गते यता निषेधाज्ञा जारी छ । यसपटकको निषेधाज्ञामा एग्रोभेट पसल स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि विहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको र अन्यको हकमा यसअघिकै निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

यस्तै मल बिउ लगायत कृषिसँग सम्बन्धित वस्तुको बिक्री र उत्पादनलाई खुकुलो गरिएको तामाङले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा शान्ति सुरक्षा,स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टिन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन गर्न पाइने छैन ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ मल, ब्यूटिपार्लर र स्वीमिङ् पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाएको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button