रित गौतम न्युजिल्यान्डको गाइजर सिटी क्रिकेट क्लबमा आबद्ध

नेपालको यू-१९ राष्ट्रिय टिमका पूर्व कप्तान रित गौतमले न्युजिल्यान्डको गाइजर सिटी क्रिकेट क्लबबाट खेल्ने भएका छन्।

गौतमलाई त्यहाँको  क्लब स्तरीय क्रिकेट खेल्ने गाइजरले आइतबार आफ्नो टिममा आबद्ध गरेको जनाएको छ।

आगामी सिजनको क्रिकेटका लागि रितले गाइजरको सिनियर टिमबाट खेल्नेछन्।

क्लबले सन् २०२० मा ‘न्युजिल्यान्ड क्रिकेट क्लब अफ दि इयर’ जितेको थियो।

२०७६ मा रितले नेपालको उमेर समूहमा दुई शतक बनाउने कीर्तिमान बनाएका थिए।

रितले २०७४ मा यू-१६ मा म्यानमारविरूद्ध र २०७६ मा यू-१९ मा सिंगपुरविरूद्ध शतक प्रहार गरेका थिए।

दुवै प्रतियोगिता एसिसीले आयोजना गरेको थियो। उमेर समूहपछि उनले सिनियर राष्ट्रिय टिममा स्थान बनाउन भने संघर्ष गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button