दिपेन्द्र ऐरी बने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेर नयाँ कीर्तिमान बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई सिरिजको फाइनलमा उनले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २१ रन बनाए ।

यससँगै उनको हालसम्म टी–२० मा १ हजार रन पूरा भएको छ । यसरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

जारी खेलमा दिपेन्द्रले पीएनजीविरुद्ध १६ बलमा २१ रन बनाएका हुन् । यससँगै दिपेन्द्रले हालसम्म टी–२० मा ३९ खेल खेलेर १ हजार रन पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button