
आफु भन्दा १३ वर्ष कान्छी रत्नालाई बिहे गरेका विवाहित नशिरुद्दिनको यस्तो छ चर्चित प्रेम कहानी
एजेन्सी । नशिरुद्दिन शाह र अभिनेत्री रत्ना पाठकबीचको प्रेम निकै चर्चित छ । उनीहरुको जोडीलाई बलिउडका शक्तिशाली जोडीका रुपमा चिनिन्छन्।

उनीहरुको जोडीबीच १३ वर्षको फरक छ । उनीहरुको जोडीको बलिउडमा निकै प्रभावशाली छाप छ ।

वास्तविक जीवनमा यी दुईको भेट कसरी भयो र प्रेम कथा थोरैलाई मात्र थाहा छ। नशिरुद्दिन र रत्नाको भेट सन् १९७५ मा मुम्बईमा भएको हो ।
उनीहरु एक नाटकमा संगै काम गरेका थिए । नाटक मुम्बई थिएटरका प्रख्यात निर्देशक सत्यदेव दुबेले निर्देशन गरेका थिए।
सँगसँगै काम गर्ने क्रममा छोटो समयमा नै उनीहरु प्रेममा परे र सात वर्षको लामो प्रेम सम्बन्धपछि उनीहरुले सन् १९८२ मा विवाह गरेका थिए ।
जतिबेला उनीहरु भेटिएका थिए नशिरुद्दिन पहिले नै विवाहित थिए ।
उनी रत्नाभन्दा १३ वर्ष जेठो थिए र उनको आफ्नै एक छोरी पनि थिइन्। नशिरुद्दिनको पहिलो विवाह पाकिस्तानी महिला पुरभिन मुरादसँग भएको थियो।
तर उनीहरुको विवाह लामो समय टिकेन ।
नशिरुद्दिन र पुर्भिन एकअर्काबाट टाढा भएपनि उनीहरु कानुनी रुपमा अलग भएका थिएनन् ।
यता नशिरुद्दिन र रत्नाको प्रेम भने चलिरहेको थियो। उनीहरु डेट गर्दाका कथाहरु रमाइला छन्। एपुरभिनसँग अलग नभएको हुनाले नशिरुद्दिन र रत्ना केही समय विवाह नगरी सँगै पनि बसेका थिए।
कानुनी रुपमा अलग हुने काम सकिएपछि उनीहरुले सन् १९८२ मा विवाह गरेका हुन्। नशिरुद्दिन र रत्नाको विवाह धुमधामले भएको थिएन।
‘मेरो आमाको घरमा गएर हामीले रेजिस्टर विवाह गरेका हौं,’ रत्नाले भनेकी थिइन्, ‘केही कुराहरु निकै व्यक्तिगत हुन्छन् र हाम्रा लागि विवाह त्यस्तै कुरा थियो।
तर हामीले निकै रमाइलो गर्यौँ। हामी ती जोडीमध्ये पर्छौं जसले विवाहमा पाहुनाले भन्दा बेहुला बेहुलीले बढी रमाइलो गरे।’



