इल्चेमाथि बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस् ला लिगामा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बर्सिलोनाले इल्चेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि फेरान टोरेस र मेम्फिस डिपाएले समान एक–एक गोल गरे । घरेलु टोली इल्चेका फिडेल चाभेसको गोल सान्त्वना बन्यो ।

इल्चेले आफ्नो मैदानमा ४५औँ मिनेटमा गोल गर्दै आग्रता लिएको थियो । तर पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।

६०औँ मिनेटमा जोर्डी अल्वाको पासमा फेरान टोरेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ८४औं मिनेटमा डिपाएले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

यो जितसँगै बार्सिलोना अंक तालिकको तेस्रो स्थानमा उक्लिएको छ । समान ४८ अंक नै रहेपनि एट्लेटिको म्याड्रिड चौथो स्थानमा रहेको छ । पराजित इल्चे २७ खेलबाट २९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button