
विश्वकप छनोट : बोलिभियाविरुद्ध मेस्सीको ह्याट्रिक
फुटबलका भगवान पेलेको रेकर्ड मेस्सीले तोडे अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले ५० वर्ष अघि फुटबलका भगवान भनेर चिनिने पेलेले बनाए किर्तिमान भङ्ग गरेका हुन्।

अन्तर्राष्ट्रीय फुटबलमा दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा धेरै गोल गर्ने किर्तिमान पेलेको नाममा रहेको थियो। पेले अन्तर्राष्ट्रीय फुटबलमा ब्राजीलको लागि ७७ गोल गरेका थिए।

सो किर्तिमान अब अर्जेटाइन कप्तान लियोनेल मेस्सीको नाममा रहेको छ।
फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा शुक्रवार बिहान अर्जेटीनाले बोलिभिया विरुद्ध ३-० को नतिजा सहित जित हासिल गरेको हो।
उक्त खेलमा मेस्सीले ह्याट्रिक गर्दै किर्तिमान आफ्नो नाममा पारेका हुन्। फुटबलका भगवान पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए।
उक्त किर्तिमान सन् १९७१ देखी पेलेको नाममा थियो। वर्तमान विश्व फुटबलका महान खेलाडि मेस्सीले १५३ औँ खेलमा ७९ गोल गर्दै दक्षिण अमेरिकी क्षेत्रको सर्वाधिक गोल गर्ने रेकर्ड आफ्नो नाममा पारे।
अन्तर्राष्ट्रीय फुटबलमा सर्वाधिक गोल गर्ने किर्तिमान भने तत्काल महान खेलाडि पोर्तुगालका क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ।



