हिलोमा फसेको ट्रक निकाल्ने प्रयास गर्दागर्दै पहिराले पुरिएपछी….

म्याग्दी- बेनी–जोमसोम–कोरला– सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, काभ्रेभीरमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ ।

मुस्ताङको जोमसोमबाट सामान पु-याएर म्याग्दीतर्फ फर्किदै गरेको बेनीका एक ब्यवसायीको ग १ क ३४९२ नम्बरको ट्रक दिउसो करिव १ बजेको समयमा सडक माथिबाट ख’सेको पहिरोले पु’रिएको बेनी–जोमसोम सडकखण्डका सुपरभाईजार इन्द्रसिंह शेरचनले बताए ।

जोमसोमबाट मालसामान पु-याएर म्याग्दीतर्फ फर्किदै गरेको मालवाहक ट्रक दिउँसो साँढे १२ बजेको समयमा हिलाम्मे सडकमा फसेको थियो । हिलाम्मे सडकमा ट्रक फ’सेपछि चालक र सहचालक बाहिर निस्किएको बेलामा माथिबाट ख’सेको पहिरोले ट्रकको पुरै भाग पुरिएको छ ।

पहिरो ख’सेको स्थानमा फ’सेको ट्रक पुनः ढुङ्गा ख’स्न थालेपछि चालक र सहचालक बाहिर निस्किएका थिए । उनीहरु बाहिर निस्किएको करिब १० मिनेटको अन्तरालमा पहिरो ख’सेको थियो । ट्रक पहिरोले थि’चिएको अवस्थामा रहेको घाँसा प्रहरी चौकीले जनाएको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फ’सेको ट्रकका निकाल्ने प्रयास गर्दागर्दै माथिबाट ख’सेको पहिरोले पु’रिएको थियो । चालक र सहचालक सकुशल छन् ।

सडक माथिबाट ख’सेको पहिरोले ट्रकको पूरै भाग पु’रिएर क्ष’त्विक्षत् भएको छ ।

प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ ।यसै हप्ता रुप्से झरनामा फसेको बा १८ च ६९६२ को हाइलक्सलाई समेत स्काभेटरको सहायतामा बाहिर निकालिएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा अवस्थित उक्त स्थान निकै जोखिम मानिन्छ ।

भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटका कारण काभ्रे र घाँसा क्षेत्रमा निरन्तर पहिरोका साथै बर्षातको समयमा बाटो अवरुद्ध हुने गरेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत विभिन्न ठाउँमा सानोठुलो पहिरोले सवारीसाधन आवतजावतमा स’मस्या हुने गरेको छ ।

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै, स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास

वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ ।

स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

नयाँ रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । तुलसीलाई चियाका रुपमा पनि प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button