
मोबाइल नउठेपछि कोठामा पुगेर हेर्दा एक छात्राको रहस्यमय मृत्यु !
झापाको दमक स्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ मा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनु भएकी इलामकी सेजला कोइरालाको रहस्यमय मृत्यु भएको हो ।

जनता समाचारका अनुसार कोइरालालाई बुधबार बेलुकी साथीले मोबाइलमा सम्पर्क गरेका र मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बे’होस अवस्थामा भेटेकोले तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनु भयो ।

घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका र आफन्तले सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।
हाल मृतकको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाईएको छ । प्रहरीले तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको र मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।
फेरी अस्ताए अर्का पत्रकार , झण्डै चार दशक पत्रकारिता योगदान दिएका पत्रकार सङ्क्रमणका कारण निधन
नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उहाँलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो ।
कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहनुभएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।
पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उहाँले गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।



