श्रीमानले मलाई चाहे तर मैले अर्कैलाई चाहेर गए, २ हफ्ता बसे गल्ति भयो भन्दै श्रीमतीले माफी मागेपछि श्रीमानले अंगालो हालेर स्वीकार गरे (भिडियो सहित)

काठमाडौ । श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ ।

वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ ।

वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको हत्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् ।

यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।

धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् ।

सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।

यसै क्रममा पछिल्लो समय एउटा श्रीमान श्रीमतीको घटनाले अहिले चर्चा बटुली रहेको छ । उनी फोनको कारणले रिसाएर हिडेकी थिइन् । श्रीमानले अर्कै पुरुषसंग फोनमा धेरै कुरा गरेको देखेर श्रीमान श्रीमतीसंग विवाद भयो ।

देश परदेशी राई भन्ने ब्यक्तिलाई फोनमा कुरा गरेको देखेपछि तँ जो संग फोनमा कुरा गर्छेस् त्यसैसंग जा भनेर श्रीमानले भनेपछि विमला राई घर छोडेर हिडेकी थिइन् । उनी धेरै दिन पछि मोरगंमा फेला परिन् ।

सुरुमा त श्रीमानसंग म घर फर्केर आउँदिन भनेकी थिइन् । तर श्रीमानले उनलाई फकाएर ल्याए । बलबहादुर दर्नाल र विमला राई अहिले खुसी साथ घर फर्किएका छन् ।

मलेसियामा बस्ने देश परदेशी राईका कारण संखुवासभामा बसेका श्रीमान श्रीमतीबीच विवाद भएको थियो । त्यसपछि घर छोडेर हिँडेकी विमला घर फर्केका छन् । श्रीमती कानेपोखरीमा छन् भन्ने थाहा पाएपछि संखुवासभावाट उनी श्रीमती लिन कानेपोखरी पुगेका थिए ।

अर्को मान्छेले जतिबेला पनि फोन गरीरहने र श्रीमती त्यो मानिससंग बोलेको बोल्यै गर्ने गरेका कारण उनीहरुबीच विवाद भएको हो । श्रीमानले त्यती बेला राम्रो तरिकाले सम्झाएको भए म घर छोडेर हिडेकी थिएँ, जो संग फोनमा कुरा गर्थे ति ब्यक्ति मेरा गाउँले दाई हुन् ।

देश परदेशी राईलाई दोशी भन्नेहरुलाई म भन्छु त्यसमा म पनि दोशी हो । मैले पनि उहाँसंग कुरा गरेका कारण यो समस्या भएको हो । घर छोडेर हिँडेपछि आफुलाई पनि निकै पछुतो लागेको बताएकी छन् ।

मैले बेकारमा घर छोडेर आएँ भन्ने लाग्यो, मैले फेरी देश परदेशी राईसंग कुरा गर्दा तिम्रो श्रीमान निकै रोएका छन् तिमी फर्केर घर जाउ भनेर उनैले सम्झाएको बताएका छन् ।

उनले तिनलाई दाई नै भन्ने गरेको र उनीसंग सबैसामु माफी समेत मागेकी छन् । उनले अब देखि विदेशमा रहेका ति ब्यक्तिसंग कुरा नगर्ने बताएकी छन् । मैले आफ्नै तरिकाले घर छोडे तर आरोप दाईलाई आयो । म माफी चाहन्छु ।

यो पनि,,,,,,,,निजि अस्पतालमा राख्ने धरौटी नभएर ज्यान गुमाउनु पर्यो लोकबहादुरले

पैसा र सबै प्रकारको पहुँच भए पनि बेड र अक्सिजनको अभाव भइरहेको खबरले धेरैलाई अत्याएको थियो। यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिए, ‘उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ।

’ यसले समाजका तल्लो वर्गलाई राहत मिलेको थियो। तर सम्बोधनको एक दिनपछि धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारले उपचार नपाएरै मृत्युवरण गर्नुपर्‍यो।

कमजोर आर्थिक अवस्थाका उनलाई रुघाखोकी, जिउ दुख्ने र ज्वरो बढ्ने समस्या भयो, चार दिनदेखि गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरिरहेका थिए। गाउँले उपचारबाट समस्या झन् बल्झिँदै गएपछि उनी सहयोगीसहित प्रादेशिक अस्पताल जनकपुरधाम पुगे।

त्यहाँ बेड खाली छैन भन्ने जवाफ पाएपछि उनी जनकपुरकै निजी अस्पताल पुगे। निजी अस्पतालको धरौटी बुझाउन नसकेपछि उनी घर फर्के। घर फर्केको भोलिपल्ट सास फेर्न नसकेर उनले प्राण त्यागे।

एक सातादेखि शरीर दुख्ने, ज्वरो आउने समस्या बल्झिँदै गएपछि वैशाख ६ मा गोलबजार नगरपालिका– ६ डोहटियाका ३५ वर्षीय गुशरण सदाको मत्यु भयो। मृत्युपछि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आयो। पाँच दिन घरमै औषधि खाएर बसेका उनी अचानक बेहोस भएर मृत्युवरण गर्नुपरेको घटना धेरैलाई अनौठो लाग्यो।

सेभ द चिल्ड्रेनमा कार्यरत सदा चैत २९ गते आमाको श्राद्धका लागि घर आएका थिए।

तेज ज्वरोसँगै कमजोरी महसुस भएपछि पत्नी शान्तिले गुरुशरणलाई एम्बुलेन्समा राखेर उपचारका लागि गोलबजारस्थित भूमिजा अस्पताल पु¥याइन्। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा लहानमा मृत्यु भयो।

गुरुशरणको मृत्युले स्थानीय सरकारमाथि प्रश्न तेर्साएको छ, ‘कोरानाकै लक्षणबाट बिरामी परेर थलिएका उनको जाँच किन गरिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button