
एक्कासी छोरी र श्रीमती चिच्याए, आँखा खोल्दा गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खसेर त्रिशुलीमा पुग्यो, म पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन
छोरी जेनिसाको केही समय अगाडि पत्थरीको अप्रेसन गरिएको थियो । तर अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएर थप उपचार गर्नुपर्ने भयो । त्यसका लागि घर परिवारमा सल्लाह गरेर काठमाडौं जाने निधो गर्यौं ।

हिजो साँझ लु.१ च. ९७३१ नम्बरको जिपमा म, छोरी जेनिसा र श्रीमती जमुना काठमाडौंका लागि हिँड्यौँ । जिप चालक सूर्य केसी थिए ।

यात्रा राम्रैसँग चलेको थियो । बिहानीपख निद्राले अलि झकाएको थिएँ । एक्कासी छोरी र श्रीमती चिच्याए । आँखा खोल्दा गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खस्यो र त्रिशुलीमा पुग्यो । बग्दै गरेको गाडीको झ्याल ढोका खोल्ने प्रयास गरेँ । मैले अलिकति पानी पनि पिइसकेको थिएँ । अब सक्कियो भन्ने लागेको थियो ।
केही तल पुगेपछि संयोगले ढोका वा झ्याल के खुल्यो । म बाहिर निस्किएँ । तर, ड्राइभर, श्रीमती र छोरीलाई निकाल्न सकिन । पौडी खेलेर नदी पार गरेँ । मैले गुहार माग्न चिच्याए । तर कसैले सुनेन । मुस्किलले राजमार्गमा आएँ । काठमाडौंबाट आउँदै गरेको ट्रकलाई रोकेर घटनाबारे बताएँ । ट्रक ड्राइभरले प्रहरीलाई खबर गरे । मुग्लिनबाट प्रहरी टोली तुरुन्तै घटनास्थल पुग्यो ।
त्यतिबेलासम्म मैले आफ्नो भिजेको लुगा खोलेर ट्रक ड्राभइभरको लुगा लगाएको थिएँ । प्रहरीले मलाई गाडीमा हालेर भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका लागि ल्यायो ।
अहिले मेरो उपचार भइरहेको छ । अवस्था सामान्य नै छ । अलि टाउको, घाँटी र छाती दुखेको छ । नदीको पानी पिएका कारण वान्ता पनि भयो ।
शायद पानी वान्ता गरेकाले छाती दुखेको होला । छातीमा सामान्य चोट देखिएको छ । मैले जति प्रयास गर्दा पनि श्रीमती र छोरीलाई बाहिर निकाल्न सकिन । उनीहरुको अबस्था के छ थाह छैन । घर परिवारलाई फोन गरेर नआत्तिन भनेको छु ।
(घाइते रोकासँग हाम्रा चितवन सम्वाददाता सुमन आचार्यले गरेको कुराकानीमा आधारित । उहाँसँग कुरा हुँदै गर्दा त्रिशुलीमा जिप भेटिएको र श्रीमती तथा चालकको शव निकालिएको समाचार आइसकेको छ । छोरीको खोजी जारी छ ।)
यो पनि,,,,महोत्तरीमा एकाबिहानै कोरोनाबाट तीन सङ्क्रमितको मृत्यु , अवस्था भयावह बन्दै
महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकाबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२महोत्तरी ।
महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकाबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ ।
कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए । उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो ।
तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो ।
मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् ।
त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए । पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए ।
उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो ।
तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।
आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् । त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए ।



